बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ । नुवाकोटलाई जन्मथलो बनाइ राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहतस्वरूप जनही रु २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको हो । समाजका अध्यक्ष उदयबहादुर रानामगरका […]
बाढीले मध्य कालीगण्डकी सहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

गत हप्ताको बाढी पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । दुई सय ६६ मेगावाट क्षमताका तीन वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका आठ वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणाली बाहिर भएका छन् । हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी […]
ममता काफ्ले प्रकरण : सोमबारदेखि सुनुवाइ सुरु हुँदै, अदालतभित्र क्यामेरा लैजान अनुमति
अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्ट बेपत्ता भएको घटनासँग सम्बन्धित मुद्दाको सुनुवाइ सोमबारदेखि सुरु हुँदैछ। स्थानीय सञ्चारमाध्यमका अनुसार करिब सात हप्तासम्म चल्ने अनुमान गरिएको मुद्दामा निर्णायक मण्डल छनोट पनि सोमबारदेखि सुरु हुनेछ। प्रिन्स विलियम काउन्टीकी न्यायाधीश किम्बर्ली इरभिङले सञ्चारमाध्यमलाई अदालतभित्र क्यामेरा राखेर सुनुवाइ रेकर्ड गर्न अनुमति दिएकी छन्। तर मुद्दाको प्रत्यक्ष प्रसारण गर्न भने रोक लगाइएको […]
शिक्षाले नैतिक र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्ने बताएका छन्। उनले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम भएको बताए। शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ। नेपाल […]
फ्लाईदुबई प्रकरणमा यूएई : को-पाइलटले क्याप्टेनमाथि गरेको घटना ‘आ`तंकवादी कार्य’
221WSXसंयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाईदुबईको उडान संख्या एफजेड १०७३ मा को-पाइलटले क्याप्टेनमाथि आक्रमण गरी विमानको नियन्त्रण लिन खोजेको जनाएको छ। बुधबार दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको विमानमा चालक दलका सदस्यसहित १८२ जना सवार थिए। सोही उडानका क्रममा ओमानी नागरिक को-पाइलट हमाम अल-हम्मामीले ककपिटभित्र भारतीय क्याप्टेन स्मित मच्छारमाथि आपतकालीन अवस्थामा प्रयोग गरिने बन्चरो प्रहार […]
लोककल्याणकारी विज्ञापनको दररेटसम्बन्धी निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति
सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पत्रपत्रिकालाई २०८३ असोज महिनासम्म साविककै दररेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासङ्घले त्यसप्रति आपत्ति जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विज्ञापन बोर्डले यससम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागतयोग्य भए पनि आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएको जनाएको हो। महासङ्घले कुनै वैज्ञानिक आधार र […]
प्रतिनिधि सभाको दोस्रो अधिवेशन: दर्तामध्ये एकतिहाइ विधेयकमात्रै पारित
प्रतिनिधिसभाको दोस्रो अधिवेशन १४५ दिन चालु रहँदा ६२ दिनमा ६८ वटा बैठक बसेका छन्। ती बैठकमा संसदीय काम कारबाहीमा २७७ घण्टा ३० मिनेट समय व्यतीत भएको संघीय संसद्ले जनाएको छ। दोस्रो अधिवेशन २०८३ वैशाख २८ गते सूरु भई असोज १६ गते शुक्रबारसम्म सञ्चालन भएको हो। यस अवधिमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठक वैशाख २८ […]
कर्णाली करिडोरअन्तर्गत हुम्लामा यातायात सञ्चालन, हिल्सा खण्ड अवरुद्ध
अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालनमा आएका छन्। हिल्सा–सिमकोट सडक आयोजनाले निरन्तर आवागमन खुलाउने प्रयास गरेपछि शुक्रबार दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएका उक्त सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार वर्षाका कारण सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका यात्रु तथा सवारीसाधनलाई सहज हुनेगरी सडक खुलाइएको […]
संसद् अधिवेशन अन्त्य भएसँगै नेकपाले विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सङ्घीय संसदीय दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको हो। संसद्को अधिवेशन अन्त्य भएसँगै सांसदहरूलाई निर्वाचन क्षेत्रमा […]
नेपाली कांग्रेस देउवा समूहको वडा अधिवेशन : ३ हजार १९१ वडामा मतदान सम्पन्न

नेपाली कांग्रेसनिवर्तमान सभापति शेरबहादुर देउबा समूहको १५ औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढिरहँदा देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ। आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि आजबाट वडा अधिवेशन सुरु गरिएको हो । केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार, हालसम्म देशभरका कुल ६ हजार ७४३ वडामध्ये […]