नदीजन्य पदार्थ उत्खनन गर्ने ११ ट्र्याक्टर नियन्त्रणमा
रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ११ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। असोज महिनामा जिल्लाका विभिन्न स्थानबाट ती ट्र्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा रोकथामका लागि निगरानी र […]
भारतमा धान बोकेको ट्रकले ठक्कर दिँदा १२ तीर्थयात्रीको मृत्यु, २७ घाइते
भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १:३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो […]
१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

तत्कालीन समयमा पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो। उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप पीडा दिन्थ्यो। समयमै उपचार नपाउँदा सामान्य समस्या पनि जटिल बन्ने र दृष्टि गुमाउनुपर्ने जोखिम उत्तिकै थियो। यस अवस्थाको अन्त्य […]
कांग्रेस सभापति गगन थापाले आज पद तथा गोपनियताको शपथ लिँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथ ग्रहण तथा पद बहाली आज हुने भएको छ। बडादसैँ फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज अपराह्न २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पद बहालीका लागि कार्यक्रम तय गरिएको हो। […]
सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्पमा स्वदेशी सामग्रीलाई प्राथमिकता
सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोग बढाउने नीति अघि सारेको छ। मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पका रूपमा स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ। निर्देशिकाअनुसार प्राविधिक रूपमा उपयुक्त भए स्वदेशी सिमेन्टबाट निर्माण हुने कङ्क्रिट […]
ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ भन्दै दरबारमार्गमा युवाको प्रदर्शन
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नीतिको विरोध गर्दै ऋणमुक्ति, जलवायु न्याय र न्यायपूर्ण वित्तको मागसहित शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाहरूले प्रदर्शन गरेका छन्। ‘यो संसार हाम्रै हो’ भन्ने नारासहित आयोजित प्रदर्शनमा सहभागीहरूले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने विद्यमान आर्थिक प्रणालीको विरोध गरेका थिए। उनीहरूले जनताको अधिकार, भविष्य र समृद्धि […]
बुर्किना फासोमा सौन्दर्य प्रतियोगितामाथि रोक, अब युवतीका लागि नयाँ प्रतिस्पर्धा
पश्चिम अफ्रिकी देश बुर्किना फासोले देशभरका सबै सौन्दर्य प्रतियोगिता स्थगित गर्दै युवतीका लागि राष्ट्रिय विज्ञान प्रतियोगिता सुरु गरेको छ। सरकारले देशको सांस्कृतिक पहिचान, सामाजिक मूल्यमान्यता र मानवीय मर्यादाको संरक्षण गर्ने भन्दै जुन ८ मा सौन्दर्य प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो। नयाँ नियम नबन्दासम्म राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहमा कुनै पनि सौन्दर्य प्रतियोगिता आयोजना गर्न […]
राष्ट्रपतिबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रमाणीकरण
रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेका राष्ट्रपतिका कार्यलयले जनाएको छ।
पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो देशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना […]
पार्टी फुटाएर विदेशी मालिकलाई खुसी पार्न विशेष महाधिवेशनको नाटक गरियो: प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र पद्धतिविपरीत विदेशी शक्तिको इसारामा कथित विशेष महाधिवेशनको नाटक मञ्चन गरी कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको आरोप लगाएका छन्। बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले गगन थापा समूहले गरेको विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले […]