सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
काठमाडौँ – सरकारले विकास आयोजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न कर्मचारी व्यवस्थापनमा नयाँ दृष्टिकोण अवलम्बन गर्ने भएको छ। सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा आयोजना सम्पन्न नभएसम्म सम्बन्धित आयोजना प्रमुख तथा कर्मचारीको सरुवा नगर्ने व्यवस्था गरिने स्पष्ट पारिएको छ। विभिन्न राजनीतिक दलका चुनावी प्रतिबद्धताहरू समेटेर तयार गरिएको उक्त दस्तावेजमा आयोजना व्यवस्थापनलाई लक्ष्यकेन्द्रित र परिणाममुखी बनाइने उल्लेख गरिएको छ। आयोजना […]
अमेरिका र चीनबिच व्यापारिक तनाव फेरि चर्किने संकेत, कर धम्कीमा कडा चेतावनी
काठमाडौँ- अमेरिका र चीनबिच व्यापारिक तनाव फेरि चर्किने संकेत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश दिएको छ । अमेरिकाले चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । ट्रम्पले अर्को महिना चिनियाँ राष्ट्रपति सी […]
अमेरिका–इरान शान्ति वार्ता असफल भएपछि ट्रम्पद्वारा होर्मुजमा नाकाबन्दीको घोषणा
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ। ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। यस कदमले […]
सिंहदरबार पुन:निर्माण सुरु
काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा भवनको पुन:निर्माण सुरु गरिएको छ । गत भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनीबाट सिंहदरबारको मूल भवन तथा सिंहदबार परिसरभित्र रहेका अन्य भवन क्षतिग्रस्त भएका थिए । सहरी विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) गणेश कर्माचार्यले यसअघि […]
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। शुक्रबार शीतल निवासमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शपथ ग्रहण गरेका हुन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।
औषधिको मूल्य वृद्धिबारे छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन
औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी परेपछि सरकारले छानबिन समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। सारांश सरकारले औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको गुनासोपछि छानबिन समिति गठन गरेको छ। डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले सात […]
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे ई-पेन्सनको उद्घाटन, घरबाटै सेवा लिन सकिने
काठमाडौं –अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले महालेखा नियन्त्रकको कार्यालयद्वारा विकसित उक्त प्रणाली सञ्चालनमा ल्याएका हुन्। ससँगै करिब साढे तीन लाख पेन्सनकर्ताले भोग्दै आएको नवीकरण र बैंक छनोटसम्बन्धी झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, सरकारले तिर्नुपर्ने बैंक कमिसनसमेत घट्ने विश्वास लिइएको छ। याँ […]
सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियुक्त भएका हुन् । यसले ३७ दशमलव पाँच (करिब ४०) प्रतिशत प्रतिनिधित्व कायम गरेको छ। यो अनुपातले नेपालमा मन्त्रिपरिषद्मा महिला सहभागिताको नयाँ मानक स्थापित गरेको प्रधानमन्त्री शाहकी प्रेस तथा […]
छुटे कलाकार बले
काठमाडौँ – कलाकार सागर लम्साल(बले) रिहा भएका छन् । उनी शुक्रबार रिहा भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले बताए । बलेलाई अमेरिकामा अध्ययनरत युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । यद्यपि उजुरी भने परेको थिएन। सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लागेको दोस्रो दिन बले पक्राउ परेका थिए। उनीविरुद्ध उजुरी नपरे पनि अभद्र व्यवहारको कसुरमा […]
संसदीय सुनुवाइ समिति गठन
काठमाडौँ – प्रतिनिधि सभाले संसदीय सुनुवाइ समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सदनले अनुमोदन गरेको हो। गठित समितिमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव […]