विश्वप्रकाश शर्माले भने- ‘महामन्त्री मैले बिहानै छोडेको हो, निष्कासनको अर्थ छैन’

काठमाडौँ- नेपाली काँग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले सो पद आफैले त्यागेको बताएका छन् । आज बिहान नै आफूले महामन्त्री पद त्यागेकाले निष्कासनको अर्थ नभएको उनको भनाइ छ । आज विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले जिन्दगीमै पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिएको उल्लेख गरेका छन् । उनले भने, ‘केन्द्रीय […]

विशेष महाधिवेशन सकेपछि देउवाको आशीर्वाद लिन जान्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सम्पन्न भएपछि पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलबाट सम्बोधन गर्दै उनले पार्टी एकताको सन्देश दिँदै कार्यकर्तालाई कसैलाई पनि गालीगलौज नगर्न आग्रह गरेका छन् । ‘तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनुहोला […]

कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनसक्ने

नेपाली कांग्रेसले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पार्टी विधानको धारा १७ र ३४ अनुसार उनीहरूलाई कारबाही गरेको नेता मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार उनीहरुले विशेष महाधिवेशनका नाममा अनुचित कार्य गरेको भन्दै थापा, शर्मा र मन्सुरलाई कारबाही […]

उत्तर कोरियाले भन्यो- दक्षिणसँग सम्बन्ध सुध्रिने सम्भावना छैन

उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधारको कुनै सम्भावना नरहेको बताएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनकी बहिनी किम यो जोङले सम्बन्ध सुधारको सम्भावनालाई अस्वीकार गरेकी हुन् । सीमा क्षेत्रमा ड्रोन उडाइएको घटनापछि दक्षिण कोरियाले संवादको सम्भावना रहेको संकेत गरेको थियो । किम उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीकी उच्च तहकी सदस्य हुन् । […]

देउवा पक्षद्वारा गगन–विश्वमाथि कारबाही, पूर्णबहादुर खड्का भावविह्वल

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई निरन्तरता दिइरहेका बेला पार्टीभित्रको विवाद थप चर्किएको छ । यसअघि पटक–पटक संस्थापन पक्षीय नेताहरूसँग […]

मोटरसाइकल चोरी गर्ने गिरोह ललितपुरमा समातियो

मोटरसाइकल चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुङमतिको संयुक्त टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का २२ वर्षीय सन्तोष चौधरी, भारतको बिहार मोतिहारी घर भइ कीर्तिपुर चोभारमा वर्कशप चलाउने २३ वर्षीय काजिम शेख, रौतहटको गरुडा नगरपालिका–६ […]

रवीन्द्रको कटाक्ष– रवि ठग, बालेन फटाहा !

 राष्ट्रिय जनमुक्ति पार्टीबाट नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका रवीन्द्र श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठग र काठमाडाैँ महानगरका मेयर बालेन शाहलाई फटाहा भन्दै कटाक्ष गरेका छन् । उनले चुनाव नभई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकोमा आपत्ति जनाए । बुधबार राष्ट्रिय सभा गृहमा आयोजित एकता समायोजन कार्यक्रममा बोल्दै उनले रास्वपाका सभापति आफै सहकारी […]

संस्थापन पक्षले फर्कायो जवाफ, देउवा निष्क्रिय र गगन प्रधानमन्त्री प्रस्ताव खारेज

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा कांग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ । ८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जनाएका छन् । महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हा । यसैगरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खड्काले खारेज गरेका छन् । सभापतिको अपमानजनक […]

रास्वपा समानुपातिक सूचीबाट टासी ल्हाजोमको नाम हटाइयो

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्वको बन्दसूचीबाट जेनजी अभियन्ता तथा हिमाली क्षेत्रकी पर्यावरण र संस्कृति अध्येता टासी ल्हाजोमको नाम हटाएको छ । निर्वाचन आयोगले सूचीमा गरिएको यो परिवर्तनलाई औपचारिक रूपमा पुष्टि गरेको छ । पार्टी स्रोतका अनुसार सूचीको माथिल्लो क्रममा रहेकी टासीको नाम उनको सहमति बिना नै अन्तिम चरणमा हटाइएको हो । यस […]

सुमन सायमी सहितका अगुवाहरू नेकपा प्रवेश

 राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन कार्यक्रममा सायमीले एकता सहमतिमा हस्ताक्षर गरी नेकपा प्रवेश गरेका हुन् । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । […]