ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
“ढुङ्गे साँघुको मेलामा… भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ । हरेक वर्ष माघ १ गते लाग्ने माघेसङ्क्रान्ति मेला यहाँको केवल […]
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरुसँगको नियमित साक्षात्कारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि […]
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु, के होला निर्णय ?
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि अन्तिम होमवर्क गरिरहेका बेला संस्थापन समूहको आह्वानमा बैठक सुरु भएको हो । नेताहरूले विशेष महाधिवेशन पक्षधरलाई बैठकबाट कारबाही गर्नेसम्मको तयारी भएको बताएका छन् । यस्तो स्थितिमा सानेपा बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
। नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै […]
भूपेन्द्र बडुवाल हत्याकाण्डमा १३ जना दोषी ठहर
कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौहाराका भूपेन्द्र बडुवालको हत्या घटनामा कैलाली जिल्ला अदालतले १३ जनालाई दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले ६ जनालाई जीवित रहेसम्म (आजीवन) र सातजनालाई जन्मकैदको फैसला गरेको हो । प्रतिवादी नविन रावल, आर्यन देवकोटा, रोशनबहादुर शाही अनुज भन्ने चिरञ्जीविजंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता २०७४ […]
विशेष महाधिवेशन : गगन-विश्वको प्रतिवेदन बन्दसत्रबाट पारित
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनलाई पारित गरेको छ । सोमबार र आज मंगलबार दिनभर प्रतिवेदनमाथि छलफल गरिएको थियो । छलफलपछि अन्तिममा महामन्त्री थापा र शर्माले त्यसमाथि थप प्रष्ट पारेका थिए । लगत्तै उनीहरूले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको घोषणा गरियो ।थापाले राजनीतिक प्रतिवेदन र शर्माले बदलिएको […]
सहमहामन्त्रीमा दुई जनाले गराए मनोनयन दर्ता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा दुई जनाले सहमहामन्त्रीमा मनोनयन दर्ता गराएका छन् । मंगलबार थारु क्लस्टरबाट डा.गोपाल दहित (बर्दिया) र खसआर्यबाट भरतबहादुर खड्का (डोटी)ले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति/उपसभापति/महामन्त्रीमा अहिलेसम्म कसैको पनि मनोनयन दर्ता भएको छैन ।
महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै मंगलबारको बन्दसत्र सकियो
काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै आजकाका लागि बन्दसत्र सकिएको प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए ।
कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता सुरु
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ ।मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
प्रधानमन्त्री कार्कीकाे प्रेस सल्लाहकारमा रावल नियुक्त
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीकाे प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त भएकाे छन् । प्रधानमन्त्री कार्कीकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । उनी यसअघि प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजक थिए । प्रेस सल्लाहकार नियुक्त भएपछि अब रावलले राज्यमन्त्री सरहको सुविधा पाउनेछन् ।