नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रतिनिधि सभामा पेस

नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता बिहीबार प्रतिनिधि सभामा पेस गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्लाई जानकारी गराउने प्रयोजनका लागि सो सम्झौताको प्रतिवेदन सभामा पेस गरेका छन्। मन्त्री श्रेष्ठले नेपाल र भारतबिच २०८० पुस १९ गते सम्झौतामा हस्ताक्षर भएको थियो । तर उक्त सम्झौता २०८१ साउन १४ गते मात्रै राजपत्रमा प्रकाशित […]

भारतीय राजदूतद्वारा चिलिमे सुरुङ उद्धार निरीक्षण, प्राविधिक टोली १०० मिटरभित्र पुगेको दिए जानकारी

 नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले त्यहाँ खटिएका भारतीय प्राविधिक टोली र नेपाली सेनाको संयुक्त प्रयासको प्रशंसा पनि गरे । बाढी वा पहिरोका कारण अवरुद्ध सुरुङ उत्खनन गरी उद्धार कार्यलाई […]

भोटेकोशी बाढीपछिको समग्र अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई प्रभु साहको १५ बुँदे सुझाव

। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनव्र्यव्यवस्थापनका विषय समेटेर तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिएका छन् । आज (बिहीबार) सरकारलाई १५ बुँदे सार्वजनिक सुझाव दिने क्रममा साहले श्वेतपत्र (ह्वाइट पेपर) जारी गरेर नागरिकलाई आश्वस्त पार्न आग्रह गरेका हुन् […]

उद्धारमा खटिने कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने

सरकारले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। यसैगरी उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा […]

पोखराका प्रख्यात कथावाचक भास्कर कमलनयन गौतमकी आमा तथा मेयर धनराज आचार्यकी दिदी भगवती गौतमको निधन

पोखरा। पोखराका प्रख्यात कथावाचक पण्डित भास्कर कमलनयन गौतमकी ममतामयी आमा तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकी दिदी भगवती गौतमको अचानक ब्रेन हेमरेजका कारण निधन भएको छ। पारिवारिक स्रोतका अनुसार घरमा असहज महसुस हुनासाथ उहाँलाई १५ मिनेटभित्रै अस्पताल पुर्‍याएर शल्यक्रियासहित सम्भव सबै उपचार गरिए पनि बचाउन सकिएन। अभिभावकत्व प्रदान गर्ने व्यक्तित्वको अकालमै निधन भएपछि आचार्य र […]

गुल्मीका ६ स्थानीय तहद्वारा भोटेकोशीका बाढीपीडितलाई ६३ लाख रुपैयाँ सहयोग

गुल्मीका ६ स्थानीय निकायले भोटेकोशी बाढीपीडितको राहतका लागि ६३ लाख ८ सय रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्। रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार, चन्द्रकोट गाउँपालिकाले १४ लाख, रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८ सय र मालिका गाउँपालिकाले तीन लाख सहयोग गरेका हुन्।उक्त […]

पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगर र फ्लाईदुबईबीच समझदारी

पोखरा-दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समझदारी गरिएको हो । २७ अगस्ट २०२६ मा हस्ताक्षर भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

बाढीपीडितका गुनासो सुन्न धादिङ र नुवाकोट पुगे ओली, उद्धारमा खटिए भ्रातृ संगठन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन्। उनले प्रभावित क्षेत्रमै पुगेर बाढीपीडितका गुनासो तथा समस्याबारे प्रत्यक्ष जानकारी लिएका हुन्। अध्यक्ष ओलीले धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीका बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था बुझेका छन्। सो क्रममा उनले विपद्‌‌मा परेका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद […]

भोटेकोशी बाढीमा बेपत्ता परिवारका सदस्यको कुशको शव बनाएर अन्तिम संस्कार (फोटोफिचर)

भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्तको आठौँ दिनसम्म पनि शव नभेटिएपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। बाढीमा अझै धेरै बेपत्ता छन्। आफन्तको शवसमेत फेला नपरेपछि […]

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्। थापा काठमाडौं विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत हुनुको साथै नर्वेबाट हाइड्रोपावर […]