‘प्यान नम्बर’ लिन सुर्खेत जानुपर्ने बाध्यता हट्यो

आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट दिईदै आएको ब्यक्तिगत तथा व्यवसायिक स्थायी प्यान नम्बर अब दैलेखबाटै वितरण गर्न थालिएको छ । दैलेखको नारायण नगरपालिकाबाट स्थायी प्यान नम्वर वितरण हुन थालिएको हो । नारायणपछि आठविस नगरपालिकाबाट दिने कार्ययोजना छ ।  सरकारको निर्णय अनुसार पालिकामा कर सम्बन्धी सेवा विस्तार योजना अनुसार दैलेखमा पनि सुरु भएको जनाईएको छ । कर […]

ढटेलो तेलतर्फ बढ्दो आकर्षण : जुम्ली महिलाको आम्दानीको नयाँ आधार

बिहानको उज्यालोसँगै चन्दननाथ नगरपालिका–४ की मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्युँमा निगालोको छान्नो, हातमा पञ्जा र लठ्ठी बोकेर उनी दिनभरि ढटेलो टिप्छिन्। साँझ घर फर्किँदा उनीसँग केवल दाना मात्र हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ। जंगलमा बेवारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि नगद आम्दानीको मुख्य आधार बन्न थालेको छ। ढटेलोको दानाबाट […]

गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम आउँछ : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन्। सोमबारदेखि सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई गरिखाने किसिमको नीति, कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। प्रदेश सरकारले गरिब, किसानको पक्षमा आगामी आर्थिक वर्ष […]

होल्डिङ सेन्टरका नागरिकलाई पुनःस्थापना गर्न सांसदहरुको माग

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरुले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनःस्थापना गर्न माग गरेका छन्। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा सो समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले घरबारविहीनलाई उचित व्यवस्था गरेर पुनःस्थापना गर्नु राज्यको दायित्व भएको उल्लेख  गरे। होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा […]

सर्वोच्चले भन्यो- देउवालाई तत्काल पक्राउ नगर्नू

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार दुवै पक्षबीचको छलफलपछि देउवालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि पूर्वप्रधानमन्त्री देउवा क्षेत्राधिकारको […]

सुदूरपश्चिममा तापक्रम ४१ डिग्री नाघ्यो, जनजीवन प्रभावित

पश्चिम तराईमा केही दिन यता अत्यधिक गर्मी बढेको छ। कैलाली र कञ्चनपुरमा तापक्रम ४१ डिग्री सेल्सियस नाघेको छ। डेढ साता यता बढेको अत्यधिक गर्मीले सुदूरपश्चिम तराई जिल्लाको जनजीवन प्रभावित बनेको छ। गर्मीले बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी समस्यामा परेका छन्। दिउसो तातो हावा चल्न थालेको छ। […]

भेटियो मिल्की वेले खाएको अर्को आकाशगङ्गाको अवशेष

वैज्ञानिकहरूले हाम्रो आकाशगङ्गा मिल्की वेले करिब १० अर्ब वर्षअघि अर्को सानो आकाशगङ्गालाई निलेर त्यसका अवशेष अझै आफ्नो भित्र बोकेको हुनसक्ने नयाँ प्रमाण फेला पारेका छन् । खगोलविद्हरूले उक्त प्राचीन फुच्चे आकाशगङ्गालाई नर्स पौराणिक कथाका छलकपटका देवता “लोकी” को नामबाट “लोक” नाम दिएका छन् । यो खोजले मिल्की वेको प्रारम्भिक विकासबारे हालसम्मको बुझाइ परिवर्तन गर्न सक्ने […]

वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरेका ५० महिलालाई अटो ड्राइभिङ तालिम

कर्णाली प्रदेश सरकारले  वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरिरहेका आमाहरूका अटो ड्राइभिङ तालिम दिएको छ । ‎सीप विकास तालिम अन्तर्गत उनीहरूलाई ३० दिने तालिम दिइएको हो । ‎‎तालिममा कर्णालीका विभिन्न स्थानका ५० जना आमाहरू सहभागी थिए, जो वीरेन्द्रनगर सहरमा आफ्ना छोराछोरीलाई अध्ययन गराउन बसिरहेका थिए। ‎‎तालिमको समापन सत्रमा सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिलाहरूको लागि […]

बाजुरा–हुम्ला सीमा विवाद : फेरि बन्द भयो कर्णाली कोरिडोर

बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको भन्दै हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबारदेखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो। यसअघि जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनीतिक दलहरूबिच भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै […]

जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा हिजो चुनावी समीक्षा भएको थियो । जसपा नेपाल चुनावमा हार्नुको कारण बारे समीक्षा गरिरहेका छन् । आज पनि त्यसमा छलफल हुने बताइएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा जसपा नेपालको तर्फबाट उम्मेदवार बनेकाहरूको प्रदेशस्तरीय भेला गर्ने र त्यहाँ पनि […]