प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट
काठमाडाैं । काठमाडौँ जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये […]
आजकाे माैसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा […]
उम्मेदवारले डलरमा गरेको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना गरिने
काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि नजिकबाट ट्रयाक गरिरहेको बताएको छ । आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताउनुभएको हो । यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी […]
प्रतिनिधिसभा निर्वाचन: मतदानको दिन देशैभरी मौसम सफा रहने
काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभरी मौसम सफा रहने बताएको छ । आयाेगले जल तथा मौसम विज्ञान विभागले जानकारी गराए अनुसार साेही दिन देशैभरी मौसम सफा रहने जनाएकाे हाे । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोकाबीच आयोगले विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रबार आयोगमा आयोजित पत्रकार […]
कांग्रेस नेतृत्वको सरकार बनेपछि कसैलाई निराश हुन दिइँदैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कुनै पनि नागरिकलाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति थापाले सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन कांग्रेसको मूल प्रतिबद्धता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामी आज कसम खान्छौँ- हाम्रो नेतृत्वमा सरकार चलेको दिनदेखि कुनै […]
चितवनवासीलाई बालेनले सोधे– छतमा निलो जस्ता राखेर कसलाई जिस्काएको ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह शुक्रबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् । आगामी २१ फागुनको निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार रहेका बालेनले विभिन्न जिल्ला पुगेर सम्बोधन गरिरहेका छन् । उनी कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा पुगेर त्यहाँको स्थानीय समस्या र चुनौतीबारे सम्बोधन गरेका थिए । आफ्ना प्राय: सम्बोधनहरूमा उनी अनौपचारिक […]
धनुषा-३ मा प्रसूति अस्पताल, रंगशाला र मल कारखाना बनाउने नेता निधीको दावी
काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं धनुषा-३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गर्नुभएको छ । चुनावी अभियानका क्रममा शुक्रबार बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गर्नुभएकाे हाे । जनकपुरमा धेरै […]
ओखलढुंगामा वृद्ध दम्पतीको विभत्स ह-त्यामा सलंग्न २ जना कारागार चलान
काठमाडौं । ओखलढुंगामा वृद्ध दम्पतीको हत्या तथा लुटपाटमा सलंग्न व्यक्तिहरु पुर्पक्षका लागि कारागार तथा बाल सुधार गृह चलान भएका छन् । वृद्ध दम्पतीको हत्या र लुटपाटमा सलंग्न ३४ वर्षीय धन बहादुर राना मगरलाई ओलखढुंगा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा कारागार कार्यालय ओखलढुंगा चलान गरिएको हाे । साथै सोही घटनामा संलग्न १ जना नावालकलाई बालसुधार गृह […]
निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालकाे दावी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएकाे छ। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको शुक्रबार निरीक्षण तथा अनुगमनका क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाउने उहाँकाे दावी छ । मन्त्री अर्यालले निर्धक्कसाथ शान्तिपूर्वक निर्वाचन […]
कालीकोटमा पेट्रोलियम पदार्थको बिक्रीमा रोक
जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थको खुला बिक्री वितरणमा रोक लगाएको हो । निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्री वितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला […]