सोबिता गौतमले भनिन्-‘नेपालमा कैदी बन्दीको खर्च ठूलो छ, त्यसलाई उत्पादनसँग जोडौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छिन् । बुधबार बसेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले सरकारी तथ्यांककै आधारमा हिसाब गर्दा कैदी बन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरू २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ […]
विद्या भण्डारीको पक्षमा कुरा उठाएपछि एमाले बैठकमा ‘तमासा’

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको बैठक केही विवाद र भनाभनका बिच सम्पन्न भएको छ । बैठक सहभागी कतिपयले पार्टीको केन्द्रीय समिति बैठकले पठाएको अन्तरपार्टी निर्देशन (अपानि)को ६ नम्बर बुँदा सच्याउनु पर्ने माग गरेका थिए । उनीहरूले यस्तो माग गरेपछि धनकुटा बैठकमा होहल्ला र तमासाको स्थिति भएको एक नेताले बताए । बैठकमा प्रदेश […]
प्राविधिक शिक्षा र छात्रवृत्तिमा सहज पहुँचका लागि पोखरा–कोरिया हातेमालो — मेयर आचार्य

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको […]
पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन ‘पर्यटन सुरक्षा व्यवस्थापन’ विषयक छलफल सम्पन्न

पोखरा, साउन २८ — पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र मैत्रीपूर्ण भ्रमण गन्तव्य बनाउने उद्येश्यसाथ “पर्यटन क्षेत्रमा सुरक्षा व्यवस्थापन” विषयक विशेष छलफल आज पोखरा–६ स्थित माउन्ट कैलास होटलमा सम्पन्न भयो। छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, कास्की प्रशासन कार्यालयका प्रतिनिधि, पर्यटन व्यवसायीहरूको छाता संस्थाका पदाधिकारी तथा पोखरा भ्रमण वर्ष २०२५ मुख्य आयोजक समितिका संयोजक, सदस्य–सचिवसहित सदस्यहरूको उपस्थिति […]
पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन ‘पर्यटन सुरक्षा व्यवस्थापन’ विषयक छलफल सम्पन्न
पोखरा, साउन २८ — पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र मैत्रीपूर्ण भ्रमण गन्तव्य बनाउने उद्येश्यसाथ “पर्यटन क्षेत्रमा सुरक्षा व्यवस्थापन” विषयक विशेष छलफल आज पोखरा–६ स्थित माउन्ट कैलास होटलमा सम्पन्न भयो। छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, कास्की प्रशासन कार्यालयका प्रतिनिधि, पर्यटन व्यवसायीहरूको छाता संस्थाका पदाधिकारी तथा पोखरा भ्रमण वर्ष २०२५ मुख्य आयोजक समितिका संयोजक, सदस्य–सचिवसहित सदस्यहरूको उपस्थिति […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्नेछ। बैठकमा सांसदहरूले सोध्ने प्रश्नमा मन्त्रीहरूले जबाफ दिने कार्यसूची छ। आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले […]
देशभर मनसुनी वायुको प्रभाव, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । आज दिउँसो […]
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए। सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै […]
मुकुल ढकालले रास्वपाको महामन्त्री दाबी गरेको रिट खारेज

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनIलकुमार पोखरेलको संयुक्त इजलासले ढकालको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको हो। रास्वपाको केन्द्रीय समितिले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो। पछि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेकाे थियाे। तर, निर्वाचन आयोगले रास्वपाको विवरण […]
पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि पढ्दै कमाउदैँ परियोजना शुरु

पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ुपढ्दै कमाउदैँु परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । […]