निर्वाचनको सरगर्मी बढेसँगै सिंहदरबार सुनसान

काठमाडाैं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान बनेकाे छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो । निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला […]

अमेरिकासँग भएको वार्ता राम्रो भएकाे इरानकाे प्रतिक्रिया

एजेन्सी । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ । उहाँले यहि फागुन १८ गते सोमबार भियनामा प्राविधिक वार्ता हुने समेत बताउनुभएकाे हाे । इरानको विदेश मन्त्री सैयद अब्बास अराघचीले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा तेहरान र वाशिंगटनबीच जेनेभामा भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा […]

उम्मेदवारकाे एकाघरका परिवारको बैंक खाताप्रति आयोगको निगरानी

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको हो । चुनावी खर्चलाई पारदर्शी बनाउन […]

निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडाैं । सरकारले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेकाे छ। सरकारले स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली […]

पाकिस्तान र अफगानिस्तानबीच विवाद झनै चर्किंदै

 । पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नयाँ रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको देखाएकाे हाे । अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दावी गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिवान सदस्य मारिएका र २ […]

‘मधेसका जनता सचेत छन्, परिवारवाद वा पैसाको हल्लाले चुनाव हार्दिनँ’

हामी धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार जुली कुमारी महतोसँग कुराकानी गर्दैछौँ। प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश : तपाईँ पटक–पटक निर्वाचन लड्नुभयो, विजय पनि प्राप्त गर्नुभयो, मन्त्री पनि बनिसक्नुभयो। यसपटक फेरि किन चुनावी मैदानमा हुनुहुन्छ ? यस्तो हुँदोरहेछ, आफूले प्रतिनिधित्व गरिसकेपछि क्षेत्र र क्षेत्रवासीको असाध्यै माया लाग्दो […]

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा रहेको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई दिएको छ । गोरखा नगरपालिका-७ नयाँ बजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका दुईमध्य मतदान केन्द्र ‘क’ लाई ‘मोडलबुथ’ का रूपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी, स्वयंसेवक महिला मात्र खटाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७०० मतदाता […]

१ लाख ८६ हजार अस्थायी मतदाता कायम

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको […]

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन भयो ढिलाइ ?

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आन्दोलनका कारण क्षतिसम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले फागुन २१ को निर्धारित निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ । एक महिनाअघि नै प्रतिवेदन लेखन पूरा भएको भनिएपनि अन्तिम समयमा आयोगको म्याद थप भएपछि आगामी सरकारले उक्त प्रतिवेदनलाई कसरी अगाडि बढाउँछ भन्ने […]

ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गर्दै सामसङ

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स बुधबार हुन लागेको आफ्नो वार्षिक ग्यालेक्सी अनप्याक्ड समारोहमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गर्ने तयारीमा छ । कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली समयअनुसार राति सुरु हुनेछ । कम्पनीले यसपटक सामसङ ग्यालेक्सी एस२६ अल्ट्रासहित ग्यालेक्सी एस२६ र एस२६ प्लस पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम सामसङको आधिकारिक वेबसाइट र […]