मौसम सतर्कता: देशका केही भागमा चट्याङ्ग र वर्षा हुने सम्भावना

पोखरा,हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित […]
शब्दमा शान्ति, मनमा द्वन्द्व—पुटिनको युद्धविरामप्रति युक्रेन सशंकित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध केही घण्टा रोक्ने घोषणा गरेका छन् । उनले इष्टर पर्वका लागि युद्धविराम घोषणा गरेका हुन् । पुटिनले युद्धविराम अवधिभर युक्रेनमा सबै प्रकारका सैन्य कारबाही रोक्न आदेश दिएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनले पनि युद्धविराम गर्ने विश्वास व्यक्त गरेका छन्।एक भिडियो सन्देशमार्फत् पुटिनले यदि उक्साहट भएमा वा युद्धविराम उल्लंघन […]
सार्वजनिक ऋणको भार थपिँदै, नेपालमा ऋण २६ खर्ब ६७ अर्ब पार

पोखरा,सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्म साढे तीन खर्ब बढी ऋण उठाएको छ । यही अवधिमा सरकारले साढे दुई खर्ब बढी साँवा–ब्याज तिरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो भने पछिल्लो ९ […]
मेयर आचार्यको अगुवाइमा पोखरामा भिटामिन ए कार्यक्रम, हजारौं बालबालिका लाभान्वित हुने

नेपाल सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि पोखरा महानगरपालिका लगायत देशभर सुरु भएको छ । भोलीसम्म अभियानका रूपमा सञ्चालन हुने उक्त कार्यक्रमको महानगर क्षेत्रमा नगरप्रमुख धनराज आचार्य र नगर उपप्रमुख मन्जुदेवि गुरुङले शुभारम्भ गर्नुभएको छ । पोखरा महानगरपालिका क्षेत्रका करिब ३० हजार बालबालिकाहरूलाई यो अभियानमा सहभागी गराउने लक्ष्य लिइएको नगर प्रमुख आचार्यले बताउनुभयो […]
“पोखरा विमानस्थललाई विवादको घेराबाट बाहिर निकालौं, सफल बनाऔं: मेयर आचार्य”

पोखरा, वैशाख ५ –पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको खबरहरू मिडियामार्फत् सार्वजनिक भएको छ । उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेपनि प्रतिवेदन सार्वजनिक भएको छैन, भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय […]
पोखरा विमानस्थल निर्माणमा अनियमितता भए छानबिन होस्, तर विकासलाई विवादमा नपारौं : पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा — गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो रणनीतिक र राष्ट्रिय गौरवको आयोजनालाई सधैं विवादमा पार्न नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विकास र पारदर्शिता दुबैलाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन्। “विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सबै लागिरहेका छौं, अब आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न आवश्यक छ,” उनले […]
कानूनहरु चाँडै पारित गर्नेगरी काम भइरहेको छः मन्त्री चौरसिया

पाेखरा,कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताउनुभएको हो । मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई […]
‘जनताले प्रश्न गर्छन्, अब जवाफ दिन काँग्रेस तयार हुनुपर्छ’ – महामन्त्री थापा

पोखरा,नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताउनुभएको छ । शुक्रवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त […]
फेसबुक अब नेपाली कानुनको घेरामा: मन्त्री गुरुङले दिए कडा सन्देश

पोखरा,सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्नसक्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको बताउनु भयो । नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता […]
निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइनः रक्षामन्त्री राई

रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभुति भएको बताउनुभएको छ ।शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म निजामति कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गर्नुभयो । उहाँले विधेयकमा केरै कुराहरु मिलिसकेको र विमति रहेका बाँकी कुरामा […]