मेचीनगरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप आइपुग्यो
जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ । पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित […]
आइभिएफ र सरोगेसीलाई कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि (एआरटी) तथा सरोगेसीसम्बन्धी विषयलाई स्पष्ट र प्रभावकारी रूपमा नियमन गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएकी छिन्। राष्ट्रिय सभाको बैठकमा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणका सम्बन्धमा प्रस्तुत सङ्कल्प प्रस्तावमाथि जवाफ दिँदै उनले निःसन्तान व्यवस्थापन, अन्तर्गर्भाशयी शुक्रकिट प्रविष्टि (आइयुआई), इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ) तथा सहायक प्रजनन […]
पाकिस्तानका राजदूतसँग कृषि, वन तथा पर्यावरण मन्त्रीको शिष्टाचार भेटवार्ता
माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन Mountain विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुनर्निर्माण लगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यवहारिक बनाउने विषयमा छलफल भएको थियो। राजदूत खानले हालैका विपद्का […]
संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्। यादवले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सुझावमा संविधानका सकारात्मक उपलब्धिको संरक्षण गर्दै संघीयता, समानता, समावेशिता, सामाजिक न्याय, लोकतान्त्रिक गणतन्त्र र जनताको सार्वभौमसत्तालाई थप प्रभावकारी रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। यादवले […]
पञ्जाबमा किसानको ‘रेल रोको’ आन्दोलन, ६ जिल्लाका रेलवे ट्र्याकमा धर्ना
भारतको पञ्जाबमा किसान मजदुर मोर्चाले विभिन्न माग राख्दै बिहीबार ‘रेल रोको’ आन्दोलन सुरु गरेको छ । आन्दोलनका क्रममा अमृतसर, गुरदासपुर, फिरोजपुर, मोगा, संगरूर र सुनामसहित ६ जिल्लामा किसानले रेलवे ट्र्याकमा धर्ना दिएका छन् । मोगाको महेश्वरी सन्धुआ गाउँमा किसानले रेलवे ट्र्याक अवरुद्ध गर्ने घोषणा गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । किसानलाई ट्र्याकसम्म पुग्न […]
परराष्ट्रमन्त्री र नेपालका लागि युएनका आवासीय संयोजकबिच भेटवार्ता

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन्। परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघबिचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको थियो।युएनमा नेपालको तर्फबाट सहभागी, तयारी लगायतका विषयमा कुराकानी भएको थियो । नेपालमा आएको बाढी पछिको विपद् र त्यसमा अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनलगायत युएनले […]
लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमा समेटिनु ऐतिहासिक उपलब्धि : भूमिका श्रेष्ठ
प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले हरेक बालबालिकालाई आफ्नो पहिचानसहित सुरक्षित र सम्मानित भएर बाँच्न पाउने वातावरण बनाउनुपर्ने बताएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा बोल्दै श्रेष्ठले बालबालिकालाई पहिचानकै कारण समाजबाट लुक्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्। उनले संशोधन विधेयकमा पहिलो पटक लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमै समावेश गर्न लागिएको […]
शेयर लगानीकर्तालाई राहत: दीर्घकालीन लाभमा ३.५ र अल्पकालीनमा ५ प्रतिशत अग्रिम कर कायम
सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताका लागि अग्रिम करको दर समायोजन सहित साउदी अरबमा ज्यान गुमाएका तथा घाइते भएका नेपाली श्रमिकलाई क्षतिपूर्ति दिलाउन कानुनी बाटो खुला गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले आर्थिक, प्रशासनिक तथा वैदेशिक रोजगारीसँग जोडिएका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको हो। मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको शेयर कारोबारबाट हुने लाभमा प्राकृतिक व्यक्तिका लागि […]
रसुवागढीसम्मको सडक खुलाउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याइँदै

त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गल्छी–देवीघाट–त्रिशूली सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ भने रसुवागढीसम्मको आवागमन सुचारु गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ । नेपाल सरकारसँग पर्याप्त लम्बाइका बेलीब्रिज मौज्दात नभएपछि चीन, भारत र अमेरिका लगायतका देशबाट बेलीब्रिज ल्याएर जडान गर्न लागिएको हो । यद्यपि, बाढीले भत्काएका सडक र पुलको स्थायी पुनर्निर्माणका […]
राष्ट्रपतिबाट ‘नेपाल विशेष सेवा ऐन’ विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले सङ्घीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक आज प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।