लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमा समेटिनु ऐतिहासिक उपलब्धि : भूमिका श्रेष्ठ
प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले हरेक बालबालिकालाई आफ्नो पहिचानसहित सुरक्षित र सम्मानित भएर बाँच्न पाउने वातावरण बनाउनुपर्ने बताएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा बोल्दै श्रेष्ठले बालबालिकालाई पहिचानकै कारण समाजबाट लुक्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्। उनले संशोधन विधेयकमा पहिलो पटक लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमै समावेश गर्न लागिएको […]
शेयर लगानीकर्तालाई राहत: दीर्घकालीन लाभमा ३.५ र अल्पकालीनमा ५ प्रतिशत अग्रिम कर कायम
सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताका लागि अग्रिम करको दर समायोजन सहित साउदी अरबमा ज्यान गुमाएका तथा घाइते भएका नेपाली श्रमिकलाई क्षतिपूर्ति दिलाउन कानुनी बाटो खुला गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले आर्थिक, प्रशासनिक तथा वैदेशिक रोजगारीसँग जोडिएका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको हो। मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको शेयर कारोबारबाट हुने लाभमा प्राकृतिक व्यक्तिका लागि […]
रसुवागढीसम्मको सडक खुलाउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याइँदै

त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गल्छी–देवीघाट–त्रिशूली सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ भने रसुवागढीसम्मको आवागमन सुचारु गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ । नेपाल सरकारसँग पर्याप्त लम्बाइका बेलीब्रिज मौज्दात नभएपछि चीन, भारत र अमेरिका लगायतका देशबाट बेलीब्रिज ल्याएर जडान गर्न लागिएको हो । यद्यपि, बाढीले भत्काएका सडक र पुलको स्थायी पुनर्निर्माणका […]
राष्ट्रपतिबाट ‘नेपाल विशेष सेवा ऐन’ विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले सङ्घीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक आज प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बाढी पहिरो प्रभावितको उद्धार र पुनर्स्थापनामा मन्त्रालयहरू क्रियाशील : मन्त्री पोखरेल
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालयहरूले काम गरिरहेको जानकारी दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। बाढीका कारण घरविहीन भएका नागरिकहरूलाई हाल होल्डिङ सेन्टरमा राखिएको र उनीहरूका […]
चिलिमेको सुरुङ खोलेर सेनालाई जिम्मा लगायौं, उद्धारमा कुनै कसर बाँकी राखिनँ: सागर ढकाल
भोटेकोशी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि अवरुद्ध सुरुङ अन्ततः बुधबार दिउँसो पूर्ण रूपमा खोलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले निरन्तरको प्रयासपछि बुधबार दिउँसो १ देखि २ बजेको समयमा सुरुङ खोलेर नेपाली सेनालाई हस्तान्तरण गरिएको जानकारी दिएका छन्। करिब ११ दिनदेखि घटनास्थलमै खटिएका सांसद ढकालले सुरुङ खोल्नका लागि […]
दुई लाख घूससहित कैलालीका विव्यस सदस्य बम रङ्गेहात पक्राउ, भ्रष्टाचार मुद्दा दायर
कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सेवाग्राहीलाई थप सेवा सुविधा र पारिश्रमिक दिलाइदिने नाममा दुई लाख रुपैयाँ घूस लिएको अभियोगमा उनीविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। अख्तियारका अनुसार बमले विद्यालय व्यवस्थापन समितिको सदस्यको पदीय हैसियतको दुरुपयोग गर्दै […]
रविले बोलाए सर्वदलीय बैठक, बुधबार ११ बजे बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठनको प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। मुलुकमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला राजनीतिक दलहरूबीच प्रभावकारी समन्वय र साझा रणनीति […]
अलपत्र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने तयारी
लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले गृहकार्य अघि बढाएको छ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार रिफ्रेस सेन्टरको अनुगमन गर्दै आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गर्न निर्देशन दिएका छन्। मन्त्री पाण्डेयले खानेपानी […]
कोशी प्रदेश सरकारले पूर्वाधार निर्माणमा क्षति भए क्षतिपूर्ति दिने
विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्र सञ्चालित ग्रामीण पूर्वाधार तथा सडक सञ्जाल विस्तारका क्रममा प्रभावित हुने भौतिक संरचना एवं सम्पत्तिको उचित क्षतिपूर्ति निर्धारण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। यो निर्णयसँगै अवरुद्ध आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिन र स्थानीय प्रभावित पक्षलाई नियमसंगत मुआब्जा उपलब्ध गराउने बाटो खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा मंगलबार […]