गुल्मीका ६ स्थानीय तहद्वारा भोटेकोशीका बाढीपीडितलाई ६३ लाख रुपैयाँ सहयोग

गुल्मीका ६ स्थानीय निकायले भोटेकोशी बाढीपीडितको राहतका लागि ६३ लाख ८ सय रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्। रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार, चन्द्रकोट गाउँपालिकाले १४ लाख, रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८ सय र मालिका गाउँपालिकाले तीन लाख सहयोग गरेका हुन्।उक्त […]
पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगर र फ्लाईदुबईबीच समझदारी

पोखरा-दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समझदारी गरिएको हो । २७ अगस्ट २०२६ मा हस्ताक्षर भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत […]
बाढीपीडितका गुनासो सुन्न धादिङ र नुवाकोट पुगे ओली, उद्धारमा खटिए भ्रातृ संगठन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन्। उनले प्रभावित क्षेत्रमै पुगेर बाढीपीडितका गुनासो तथा समस्याबारे प्रत्यक्ष जानकारी लिएका हुन्। अध्यक्ष ओलीले धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीका बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था बुझेका छन्। सो क्रममा उनले विपद्मा परेका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद […]
भोटेकोशी बाढीमा बेपत्ता परिवारका सदस्यको कुशको शव बनाएर अन्तिम संस्कार (फोटोफिचर)
भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्तको आठौँ दिनसम्म पनि शव नभेटिएपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। बाढीमा अझै धेरै बेपत्ता छन्। आफन्तको शवसमेत फेला नपरेपछि […]
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त
सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्। थापा काठमाडौं विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत हुनुको साथै नर्वेबाट हाइड्रोपावर […]
अमेरिकाबाट आयो थप राहत सामग्री
रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीपछि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप विपद् प्रतिकार्य सहायता उपलब्ध गराएको छ। सरकारको अनुरोधमा अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत आज बाढी प्रभावित समुदायका लागि ५,००० थान विशेष राहत सामग्री, ५०० थान प्राथमिक उपचार (फर्स्ट एड) किट, स्ट्रेचर तथा एक फ्रन्ट–एन्ड लोडर (भारी उपकरण) नेपाललाई उपलब्ध गराइएको हो। उक्त सहायता नेपाल सरकारको […]
रसुवा बाढी : ‘डिएनए प्रोफाइलिङ’ का लागि ५३९ वटा नमुना संकलन
नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ। बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकीन गर्न प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरू गरेको हो। प्रहरी अस्पतालमा आज अपराह्न ५ः०० बजेसम्म सम्पर्कविहीन भएका […]
सम्पर्कविहीन कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी सरकारको उच्च प्राथमिकता : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेर उपलब्ध सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताएका छन्। प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको उनको भनाइ छ। सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग मन्त्रालयमै भेट गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि […]
उपल्लो मुस्ताङमा हिमताल अनुगमन, तत्काल जोखिम नरहेको जानकारहरूको भनाइ
उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा तयारीलाई तीव्रता दिइएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत […]
‘त्रिशूली थ्री बी’मा उद्धार रोकियो, सेनाले गर्यो रेकी मात्रै
रसुवामा बाढीपहिरोका कारण प्रभावित ‘त्रिशूली थ्री बी’ आयोजनास्थलमा नेपाली सेनाले आजका लागि उद्धार तथा उत्खननको काम स्थगित गरेको छ। घटनास्थलमा जीवित भेटिने सम्भावना कम रहेको र सेनाको प्राथमिकता जीवित व्यक्तिको उद्धारमा रहने भएकाले आज उद्धारको काम अघि नबढाइएको हो। नेपाली सेनाको टोलीले आज हेलिकप्टरमार्फत घटनास्थल पुगेर रेकी (स्थलगत निरीक्षण) मात्रै गरेको छ। रेकीका क्रममा घटनास्थलमा […]