अलपत्र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने तयारी

 लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले गृहकार्य अघि बढाएको छ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार रिफ्रेस सेन्टरको अनुगमन गर्दै आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गर्न निर्देशन दिएका छन्। मन्त्री पाण्डेयले खानेपानी […]

कोशी प्रदेश सरकारले पूर्वाधार निर्माणमा क्षति भए क्षतिपूर्ति दिने

विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्र सञ्चालित ग्रामीण पूर्वाधार तथा सडक सञ्जाल विस्तारका क्रममा प्रभावित हुने भौतिक संरचना एवं सम्पत्तिको उचित क्षतिपूर्ति निर्धारण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। यो निर्णयसँगै अवरुद्ध आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिन र स्थानीय प्रभावित पक्षलाई नियमसंगत मुआब्जा उपलब्ध गराउने बाटो खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा मंगलबार […]

त्रिशूली नदीपारिको क्षेत्र जोड्न ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिको माग

नुवाकाेटकाे विदुर नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको विकल्पमा त्रिशूली नदीपारिको क्षेत्रमा सहज आवागमनका लागि ५० करोड रुपैयाँ लागत अनुमानसहितको वैकल्पिक सडक स्तरोन्नति प्रस्ताव गरेको छ । नगर प्रमुख राजन श्रेष्ठद्वारा मंगलबार हस्ताक्षरित पत्रमार्फत सडक डिभिजन कार्यालय, विदुर, नुवाकोटलाई वैकल्पिक सडक छनोट गरी पठाइएको हो ।भदौ १० गते आएको […]

कृष्णभीरको अस्थायी सडक दीर्घकालीन समाधान होइन, सुरुङ वा पुलको विकल्प खोज्न विज्ञको सुझाव

बाढीपहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेको छ। यद्यपि भू-प्राविधिक विज्ञहरूले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने चेतावनी दिएका छन्। बाढीपछि त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा यातायात सञ्चालनका लागि माथिल्लो भागको पाखो काटेर […]

नेपाल–चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्नेमा झलनाथ खनालकाे जाेड

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुई दिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उनले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए।नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देशबिचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड […]

ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

 ‍नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो । सडक […]

कांग्रेसको १५औँ महाधिवेशन: इतर समूहको निर्वाचन समिति संयोजकमा पोखरेल

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ। पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका छन्। महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया निष्पक्ष र […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राससलाई जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन मोर्चाले मद्दत गर्नेछ : जनार्दन शर्मा

 प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले अग्रगामी मोर्चा चुनाव लक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताएका छन् । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अहिले मुलुक प्रतिपक्षविहीन अवस्थामा जस्तै रहेको उल्लेख गर्दै सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन […]

‘अब जलविद्युत् आयोजना बनाउने हो र ?’ भन्ने प्रश्न उठ्नु दुःखद : अध्यक्ष डाँगी

 स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले ठुलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माणप्रति नै अन्योल सिर्जना हुनु गम्भीर र दुःखद विषय भएको बताएका हुन्। मुलुकको समृद्धिका लागि […]