कोलकातामा भानुका दुई सालिक र ‘भानुभक्त सडक’ नामकरण

नेपाली जनकल्याण समिति, हावडाले यस वर्षको २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती भारतको कोलकातामा सम्पन्न गरेको छ । पश्चिम बङ्गाल राज्यको हावडा मैदानमा आयोजित समारोहमा कविता वाचन, समितिको वार्षिक साहित्यिक पत्रिका ‘बिहानी’को भानुजयन्ती विशेषाङ्क–२०२६ को विमोचन, प्रतिष्ठित व्यक्तित्वलाई सम्मान र नेपाली–बङ्गाली सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा साहित्यकार/पत्रकार श्याम रिमाल (काठमाडौँ), लीला अनमोल (झापा) […]

तराई–मधेस घटनाको निष्पक्ष छानबिन र दीर्घकालीन समाधान खोज्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तराई–मधेस क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको बैठकपछि प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा […]

राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्। राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार […]

दलका नेतासँगको भेटमा प्रधानमन्त्री बालेनले के–के भने ?

सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावका बीच प्रधानमन्त्री बालेन्द्र शाहले सर्वदलीय भेटघाटका क्रममा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सरकार घटनाप्रति गम्भीर रहेको, निष्पक्ष छानबिन गरिने, संघीयता र संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको तथा हिंसा भड्काउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे। प्रधानमन्त्रीले आफूलाई संघीयता विरोधी भनेर व्याख्या नगर्न आग्रह गर्दै लोकतन्त्र, संविधान, […]

किभमा भीषण रुसी आक्रमण: १८ को मृत्यु, ९० भन्दा बढी घाइते

रुसले युक्रेनको राजधानी किभमा बिहीबार बिहानसम्म करिब ११ घण्टा लगातार मिसाइल र ड्रोन आक्रमण गरेको छ । आक्रमणमा  कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । रुसले यो आक्रमण युक्रेनले आफ्ना तेल प्रशोधन केन्द्रहरूमा गरेको लामो दूरीको हमलाको प्रतिशोधस्वरूप गरिएको दाबी गरेको छ । बिहीबार रातभभर राजधानी किभमा शक्तिशाली […]

‘नेपाली ब्रो’का छोराको सनसनीपूर्ण बयान: सुनाए सिलसिलाबद्ध घटना

ईश्वरी भुजेल हत्या प्रकरणमा उनका छोरा जेनिश थापाले अदालतमा दिएको बयानले घटनालाई थप गम्भीर र सनसनीपूर्ण बनाएको छ। उनले आफ्ना बुबा कुमार थापामगर (नेपाली ब्रो) ले आवेगमा नभई पूर्वयोजना बनाएर आमाको हत्या गरेको दाबी गरेका छन्। साथै, बुबाकी प्रेमिका प्रतीक्षा आचार्य, काका विक्रम थापामगर र अन्य केही व्यक्तिले पनि हत्या हुन सक्ने परिस्थिति सिर्जना गर्न […]

बजेट रोक्काले मधेसका पूर्वाधार कार्यालयमा तनाव, भुक्तानी नपाउँदा निर्माण व्यवसायी आक्रोशित

मधेस प्रदेशको अर्थ मन्त्रालयले अन्तिम समयमा आएर गैरआवासीय भवन निर्माणतर्फको बजेट रोक्का गरेपछि प्रदेशभरका पूर्वाधार विकास कार्यालयमा तनाव उत्पन्न भएको छ। आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा भएको बजेट रोक्काले विकास निर्माणका कामसमेत प्रभावित बनेका छन्। सम्झौताअनुसार निर्माण सम्पन्न गरेर भुक्तानी लिन पुगेका उपभोक्ता समिति र निर्माण व्यवसायीले बजेट रोक्का भएको जानकारी पाएपछि […]

वायुसेवा निगमले नाफा नकमाउनु स्वाभाविकः मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गणेश) ले नेपाल वायुसेवा निगम नाफामा जान नसक्नु स्वाभाविक भएको बताएका छन्। नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले विश्वका अधिकांश वायुसेवा कम्पनीहरूले औसतमा ३ देखि ५ प्रतिशत मात्र नाफा गर्ने भएकाले नेपाल वायुसेवा निगम घाटामा हुनु अस्वाभाविक नभएको बताए। उनले निगमको […]

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं. ८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो। मन्त्रालयले सरकारी अस्पतालमा […]

जनस्वास्थ्यमा खेलवाड गर्नेहरूसँग सम्झौता हुँदैन: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुले अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरण गरी नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेमाथि कारबाही गर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री गुरुले जनस्वास्थ्यका सवालमा कसैसँग कुनै सम्झौता नहुने बताएका हुन्। नागरिकको स्वास्थ्य र जिउधनको सुरक्षा राज्यको पहिलो जिम्मेवारी रहेको मन्त्री गुरुको भनाइ छ। दूषित वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको […]