निजगढमा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो

बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा बस्न जाँदा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौँ पठाइएको छ । वैशाख २५ मा निजगढ–१२ बस्ने २५ वर्षीया सीता थिङ होटलभित्र घाइते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले उनलाई नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा पठाएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका […]

४४० किलोग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३ स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा […]

महासङ्घका नवनिर्वाचित पदाधिकारी बुटवलमा सम्मानित

बुटवल उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारणसभा तथा निर्वाचनबाट लुम्बिनी प्रदेशबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरूलाई सम्मान गरेको छ। वैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न महासङ्घको निर्वाचनबाट चुनिएको नयाँ नेतृत्वलाई बुटवलमा एक विशेष कार्यक्रमका बिच बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो। निर्वाचनबाट जिल्ला–नगरतर्फको उपाध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा र […]

जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदी आठ महिनापछि तनहुँमा पक्राउ

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदी आठ महिनापछि तनहुँमा पक्राउ परेका छन्। जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते कास्की जिल्ला कारागारबाट भागेका तनहुँको बन्दीपुर गाउँपालिका–१ बस्ने २९ वर्षीय अर्जुन परियारलाई सोमबार प्रहरी चौकी डुम्रेबाट प्रहरी नायब निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार […]

विदेश पठाउँछु भनेर ३५ लाख ठगेको आरोपमा एकजना पक्राउ

विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे छन् । विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु भनेर उनले ३५ लाख ७० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । सर्विया […]

लोकदोहोरीमा बढ्दो अश्लीलताविरुद्ध मन्त्रालय र साइबर ब्युरोमार्फत कारबाहीको तयारी

पछिल्लो समय लोकदोहोरी क्षेत्रमा बढ्दै गएको अश्लीलता र विकृतिप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कडा रूपमा उत्रिने भएको छ। गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालको भाइरल लाइभ दोहोरी, गायिका ज्योति मगरको स्टेज प्रस्तुति र मोडल रिया खड्काले धार्मिक स्थलमा गरेको नृत्यलाई लिएर चौतर्फी आलोचना भएपछि प्रतिष्ठानले कानुनी कारबाहीको तयारी गरेको हो। गीत–संगीतमा विकृति भित्र्याउनेहरूलाई […]

प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसको आपत्ति, संसद्‍मा स्पष्टीकरण माग

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर हिँडेको विषयलाई लिएर संसद्मा विरोध जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए।प्रमुख सचेतक थापाले सोमबारको बैठकमा देखिएको दृश्य लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने […]

मिर्गौला पीडितको माइतीघरमा प्रदर्शन: १० प्रतिशत को–पेमेन्ट खारेज र भत्ता भुक्तानीको माग

मिर्गौला पीडित सरोकार समाज नेपाल केन्द्रीय कार्यसमितिले मिर्गौला तथा अन्य कडा रोगका बिरामीहरूको समस्या समाधानका लागि माइतीघर मण्डलामा विरोध तथा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको छ। प्रदर्शनका क्रममा पीडितहरूले ब्यानरसहित आफ्ना मागहरू राख्दै स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई विशेष ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।   आन्दोलित मिर्गौला पीडितहरूले स्वास्थ्य बीमामा लागू गरिएको १० प्रतिशत ‘को–पेमेन्ट’ व्यवस्था तुरुन्त खारेज […]

बिना परामर्श केन्द्रीय समिति बिस्तारले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ : कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । उनले भनेका छन्– ‘संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भइरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति […]

टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते

अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । संदिग्धले योजनावद्ध रुपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको […]