वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका केही वडाहरुको सिमाङकनसम्बन्धी समस्याका कारण जनताले भोग्नु परेको समस्यालाई नीतिगतरुपमै समाधान गर्न तयार गरिएको मापदण्डको मस्यौदाका सम्बन्धमा प्राप्त सुझाव अध्ययन गरिरहेको जनाएको छ सिमाङ्कन र भू–भाग एकातिर सिफारिस अर्कातिरबाट हुँदा जनतालाई परेको अप्ठेरो र गुनासो सम्बोधन गर्न मन्त्रालयले नीतिगतरुपमै समस्या सुल्झाउन त्यससम्बन्धी कानुन निर्माणका […]

बेदाग सशस्त्र प्रहरी बलको नेतृत्वबाट अवकाशमा राजु अर्याल

 २०५८ सालमा मुलुकको सबै भन्दा कान्छो सुरक्षा संगठनमा स्थानान्तरण भएर जाँदै गर्दा मुलुकका द्धन्द चरममा थियो । नेपाल प्रहरीले ठूलो क्षति व्यहोरे पनि राजाले माओवादीविरुद्ध सेना परिचालन गर्न अस्विकार गरेपछि स्थापना भएको थियो सशस्त्र प्रहरी बल नेपाल । नेपाल प्रहरीमा निरीक्षक पदमा भर्ना भए पनि माओवा दद्धीसँग लडनकै लागि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भए जाने […]

स्वयम्भूमा बुद्ध जयन्तीको उल्लासः देशैभर शान्तिको कामना गर्दै मनाइयो

शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं जन्मजयन्ती शुक्रबार देशैभर विविध कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ । काठमाडौंको ऐतिहासिक एवं धार्मिक सम्पदा स्वयम्भू महाचैत्यमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो लागेकाे हाे । बौद्ध धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीहरू पनि स्वयम्भू पुगेर बुद्धको प्रार्थना, पूजाआजा र दीप प्रज्वलनमा सहभागी भएका छन् । भक्तजनको चापलाई व्यवस्थित गर्न सुरक्षाकर्मी […]

प्रेम सम्बन्ध लुकाउन श्रीमतीको हत्या गर्ने सैनिक जवानलाई भयो जन्मकैद, तीन लाख रुपैयाँ क्षतिपूर्ति पीडित पक्षलाई उपलब्ध गराउन आदेश

पोखरा , १७ बैशाख २०८३। सुर्खेत जिल्ला अदालतले अर्को प्रेम सम्बन्ध लुकाउन आफ्नी श्रीमतीको हत्या गरेकोमा एक सैनिक जवानलाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको छ। न्यायाधीश बसन्तराज जोशीको एकल इजलाशले गुर्भाकोट नगरपालिका–५ की प्रेमा वलीको हत्या अभियोगमा उनकै श्रीमान तात्कालिन अवस्थामा नेपाली सेनामा कार्यरत सैनिक जवान दर्शन खत्रीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको […]

ज्येष्ठ नागरिक सञ्जालद्वारा मन्त्रीलाई ध्यानाकर्षण

ज्येष्ठ नागरिक सञ्जाल नेपालले आज गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङलाई  ज्येष्ठ नागरिकका हकहितलाई लक्षित गरी  ध्यानाकर्षणपत्र बुझाएको छ । ज्येष्ठ नागरिक सञ्जाल, नेपालका अध्यक्ष कुसुम केशव पराजुलीले उक्त ज्ञापन पत्र सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री गुरुङलाई हस्तान्तरण गरेका छन् । ज्ञापनपत्रमा बिभिन्न कारणले १५ बर्षदेखि हालसम्म नागरिकता बिहिन जीवन […]

२६ वर्षदेखि भाग्दै हिडेका हत्यारा कैलालीमा पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेका एक व्यक्ति कैलालीमा पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले विसं २०५६ असार ११ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर सात वर्ष एक महिना १४ दिन कैदको फैसला सुनाइएका कैलालीको गोदावरी नगरपालिका-११ का ५९ वर्षीय काले कामी बुधबार पक्राउ परेका हुन्। अदालतले दोषी ठहर गरेर कैद सजायं सुनाए […]

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आउनुहुने भएको छ। अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने भ्रमण सकाएर फर्किए लगत्तै गोर नेपाल आउन लाग्नुभएको हो ।भ्रमणका क्रममा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री […]

अध्यादेशबारे आज संविधानविद्हरूसँग परामर्श गर्दै राष्ट्रपति

सरकारले संसद् रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । आज अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन नभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ […]

राष्ट्रपति पौडेलले संसद रोकेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि आज संविधानविद्सँग परामर्श गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् रोकेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि बिहीबार संविधानविद्हरूसँग परामर्श गर्नुहुने भएको छ। उहाँले बिहीबार अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन नभएको राष्ट्रपतिको सचिवालयले जनाएको हो । सरकारले यहि वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख […]

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन् । दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।