बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको यो […]

बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले दिए राजीनामा

काठमाडौँ । एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले राजीनामा दिएका छन् । अमेरिकी यौन अपराधीलाई दोषी ठहर गरिएका जेफरी एपस्टीनसँग सम्बन्ध भए पनि पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेपछि विवादमा परेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) ले राजीनामा दिएका हुन्। डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ […]

फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् । ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् […]

आज टी–२० क्रिकेटमा तीन खेल हुँदै

काठमाडौँ – अन्तर्राष्ट्रिय टी–२० क्रिकेट अन्तर्गत आज एकै दिन तीन वटा प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुँदैछन्। आजको पहिलो खेल कोलकाताको इडन गार्डेन स्टेडियमा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटली आमनेसामने हुँदैछन्। त्यसैगरी  दिउँसो ३ः१५ बजे  जिम्बाब्वे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्नेछन्। आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा […]

कास्की–२ : रास्वपा अघिल्लो चुनावको प्रत्यक्षको उपबिजेता, यस पटक बिजेता हुने प्रक्षेपण

पोखरा– २१ फागुनमा हुन लागिरहेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा कास्की–३ मा मुख्य दलसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तिव्र प्रतिस्पर्धा देखिएको छ। यस निर्वाचन क्षेत्रमा ०७९ को मतदानका क्रममा रास्वपाले जुन हैसियतलाई पहिलो पटक अनुभूती गरेको छ बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने चर्चाले ‘अन्डर डग’बाट ‘फ्रन्ट रनर’को यात्रातिर लम्किएको सर्वसाधारणका प्रतिक्रियाले प्रष्ट पार्दछ। यस क्षेत्रमा […]

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै प्रदेश सभामा दलहरूको हैसियत फेरिएको छ । नेकपा संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको र संसदीय दलका अरू पदाधिकारी निर्वाचनपछि चयन गरिने नेकपाका सांसद शिवसिंह ओलीले जानकारी दिए । २१ सदस्यसहित नेकपा सबैभन्दा ठुलो दल बनेको छ । […]

अधिकांश मतदाताले राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभई नहुने बताउने गरेको दावी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहनुभएका उहाँले आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सो जिकिर गर्नुभएको हो । बुढापाकाहरु भन्दा पनि बढी युवाहरुले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको चाहना राखेको […]

पोखरा विमानस्थलमा अनियमितता प्रकरण : फुयाललाई साधारण तारेखमा छाड्ने आदेश

विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रबन्ध निर्देशक फुयाँललाई साधारण तारेखमा राख्ने आदेश जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा […]

इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् । आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँग संवाद भइरहेका बेला र देशभित्र विरोध चर्किएको पृष्ठभूमिमा उक्त टिप्पणी आएको हो । तेहरानमा आयोजित शिखर सम्मेलनमा कूटनीतिज्ञहरूसँग बोल्दै विदेशमन्त्री अब्बास अराघचीले इरान युरेनियम […]

दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत […]