केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध […]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा तीन लाख नौ हजार चार सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी […]

इरानको खोमिन सहरस्थित विद्यालयमा आक्रमण

अमेरिका र इजरायलले इरानको खोमिन सहरमा बिहानै आक्रमण गरेका छन् । फार्स न्युज एजेन्सीले खोमिनमा एक स्कुलमाथि भएको हमला देखाउँदै फोटोसहित ठुलो क्षति भएको जानकारी दिएको छ । मेह्र न्युज एजेन्सीले पनि मार्काजी प्रान्तका उप–राज्यपाललाई उद्धृत गर्दै विद्यालयमाथि आक्रमण भए तापनि कुनै पनि व्यक्ति घाइते नभएको समाचार छापेको छ । तर आक्रमणको क्रममा विद्यालय वरिपरि […]

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

पटकपटकको बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण […]

किसानलाई पतिङर सोहोर्ने चटारो

अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी भेगका किसानलाई चटारो छ । वनमा अहिले पतझर (रुखका पात झर्ने) मौसमले गर्दा यसैबेला किसानलाई पतिङर सोहोर्ने चटारो परेको हो । जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका सुदूर उत्तरवर्ती बस्तीमा परवल (मधेसको लहरेविशेष प्रसिद्ध तरकारी) रोपिएसँगै माटोको चिस्यान बचाइ राख्न पतिङरले छोप्ने आम चलन छ । […]

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहाेर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहाेर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ । यसरी सुक्खा फोहाेर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको […]

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् । साथै, यस्ता प्रकारका महिला […]

१६ औषधि पसल निलम्बनमा

 औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, […]

रास्वपा सभापति लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ हुने भएको छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा सोमबार पनि सुनुवाइ हुने भएको हो । रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा अिाइतबार सर्वोच्चमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी […]

हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिडेको हो । कामदारले गत मङ्सिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिडेको गिरीले बताए । […]