बैतडी बस दुर्घटना: मृतक १३ जनाको परिवारलाई जनही १ लाख दिने सरकारको निर्णय

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा बिहीबार राित भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई रकम प्रदान गर्ने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश […]

जेनजी विद्रोहका दमनकारी चुनावअघि डामिने, दुई वटा आयोगका प्रतिवेदन फागुन पहिलो साता

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा दमन गर्ने र हिंसा मच्चाउनेविरुद्ध कारबाहीसहितको प्रतिवेदन फागुन पहिलो साता कार्यान्वयनमा जाने भएको छ। सरकारले गठन गरेको गौरीबहादुर कार्की संयोजकत्वको न्यायीक जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन माघ अन्तिममा लेखेर सकिने अनि फागुन पहिलो साताभित्र सरकारले बुझ्नेछ। चुनावको मुखमा मानवाधिकार उल्लङ्घनका विषयमा कारबाहीका […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोलले पाएकी छिन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई माघ २३ गतेदेखि लागू हुने गरी यस गरिमामय पदमा नियुक्त गरिएको हो। टेलिकमको नेतृत्व सम्हाल्ने अवसर पाएसँगै उनले आजै आफ्नो पदभार समेत ग्रहण गरेकी छिन्। नवनियुक्त निमित्त प्रबन्ध निर्देशक […]

राष्ट्रिय निकुञ्जसम्बन्धि विद्यमान ऐन तत्काल संशोधन गर्न सरकारसँग माग

राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय निकुञ्जसम्बन्धि विद्यमान ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरु डा. अञ्जान शाक्य, सुमित्रा विसीलगायतका सांसदहरुले सो ऐन समयअनुकूल हुनेगरी तत्काल संशोधन गर्न सरकारलाई सचेत गराएका हुन् । सांसद शाक्यले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण प्रणालीलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । […]

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमा दफावार छलफल सकियो

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको दफावार छलफल सकिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन नसकेका विषयहरु प्रतिवेदनमै छलफल गर्नेगरी दफावार छलफल सकाएको हो । नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३को पक्ष राष्ट्र भएको हुनाले उक्त महासन्धिको कार्यान्वयन गराउन भन्दै यो विधेयक ल्याइएको हो । […]

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै सुन–चाँदीलगायत गरगहना चोरीका घटना सार्वजनिक भएका छन् । यही माघ १२ गते वीरगञ्ज–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको छ । घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्ति सो मूल्य […]

बालेन शाह चरिकोटमा

  चरिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दोलखा पुगेका छन् । देश दौडाहामा रहेका शाह शुक्रबार ओखलढुंगाबाट फर्किएर सिन्धुलीको मुलकोट, रामेछापको मन्थली हुँदै दोलखा पुगेका हुन् । बालेनलाई रास्वपाका कार्यकर्ताहरूले सदरमुकाम चरिकोटमा स्वागत गरेका थिए । साह चरिकोटमा रास्वपाको कार्यक्रममा सहभागी भएर आजै सिन्धुपाल्चोक पुग्ने कार्यक्रम रहेको बताइएको छ […]

विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी बनाइनुपर्ने धारणा राखिन्न । सांसद तुलसाकुमारी दाहालले […]

सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे ललितपुर महानगर आफैंले रकम तिर्ने प्रमुख महर्जनको प्रतिवद्धता

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैंले सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ललितपुरमा शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या […]

सरकारले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन आवश्यक तयारी गर्नुपर्नेमा सांसद शर्माकाे जाेड

काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभा बैठकमा शुक्रबार बोल्दै उहाँले यस्ताे ध्यानाकर्षण गराउनुभएको हाे । उहाँले निर्वाचन प्रचारको क्रममा सामाजिक सञ्जालमार्फत लागीगलौजका आपत्तिजनक भाषाहरु प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्नुभएकाे छ । सम्बन्धित निकायले त्यसमा […]