युएईमा रुस–युक्रेन वार्ता, डोनबासबारे अडान यथावत सिएन नेपाल
एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबु धाबीमा रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु भएको छ। तर, पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर दुवै पक्षको अडान यथावत् रहेको देखिएको छ। अमेरिकी मध्यस्थतामा अघि बढेको कूटनीतिक प्रयासअन्तर्गत सुरु भएको वार्ताका क्रममा मस्कोले किएभलाई चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न आफ्ना सर्तहरू […]
कांग्रेसमा गुटको राजनीति अन्त्य भयो : विनोद चौधरी
काठमाडौं नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीभित्र गुटको राजनीति अन्त्य भएको बताएका छन्। बुधबार नवलपरासी पश्चिमको बर्दघाट-७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिएको बताए। नयाँ नेतृत्व आएसँगै गुटगत राजनीति अन्त्य भएको उनको दाबी थियो। कांग्रेस अहिले स्पष्ट विकास एजेन्डा बोकेर अघि […]
जथाभावी पार्किङ गर्ने बस चालक कारबाहीमा
उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने १५ वटा रात्रिकालीन बस चालकलाई कारबाही गरेको छ । बुधबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा कारबाही गरिएको हो । लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरूले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगइ बाटोमै पार्किङ गरेको पाइएपछि […]
नेप्से सामान्य अंकले रातो
मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार आज सामान्य अंकले ऋणात्मक रहेकाे छ । उतारचढावबीच बजार परिसूचक नेप्से डेढ अंकले ऋणात्मक रहेर २६ सय ८१ कायम भएर राेकिएकाे छ । सुरुमा केही समय सकारात्मक रहँदै २७ सय माथि पुगेर ओरालो लागेको नेप्से झण्डै ३० अंकको उतारचढावबीच नेप्से अन्तिम समयमा झिनो अंकले अंकले रातो रहेर थामिएको […]
आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधारः कार्यवाहक राष्ट्रपति
काठमाडाैं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजातिका समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अनुभुत हुनेगरी कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती रहेको बताउनुभएको छ । बुधवार आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिक उत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको […]
हर्क साम्पाङको निर्वाचन क्षेत्रको कोशीमा पुगेर बालेनले ‘खुवालुङ’बारे के भने?
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको निर्वाचन क्षेत्र सुनसरी–१ स्थित सप्तकोशी खुवालुङमा पुगेर सभ्यताबारे व्याख्या गरेका छन्। कोशीमा मोटरबोट चढेपछि बुधबार दिउँसो उनले फेसबुकमा किराँत सभ्यता र खुवालुङको महत्वबारे लेखेका हुन्। उनी लेख्छन्– खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई […]
माओवादी मुस्ताङका पूर्व अध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेश
मुस्ताङका साविक नेकपा माओवादी केन्द्र पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला सदस्य प्रतिभा गुरुङ र ताक्लुङका नेता चन्द्र विक कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस मुस्ताङका सभापति एवं पूर्व मन्त्री रोमी […]
ट्युनिसियाबाट नेपालले ट्युसन लिन सक्छ
ट्युनिसियाको सिदी बौजिद सहरमा तरकारी बेच्दै जीविकोपार्जन गर्ने युवा व्यापारी मोहम्मद बुआजिजीले स्थानीय प्रशासन र प्रहरीद्वारा बारम्बार गरिने दुर्व्यवहार, अपमान र रोजगारीका वैकल्पिक अवसरको अभावबाट आजित भएर सन् २०१० को डिसेम्बर १७ मा आत्मदाह गर्यो । यसबाट ठुलो जनआन्दोलनको सुरुवात भयो । यो आन्दोलनलाई ‘जस्मिन क्रान्ति’ भनियो, जसले अरब स्प्रिङको जग बसाल्यो । उनको मृत्युपछि […]
उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छः सचिव बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौँ उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गरेका हुन् । अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताए । यसपटक मतदाताहरु […]
निर्वाचन लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसर : उपराष्ट्रपति यादव
उपराष्ट्रपति राम सहायप्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । काठमाडौँमा बुधबारआदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएकाे बताए । उनले निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्ने भएकाले सबै नागरिकले […]