‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्छ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले एक महिनाभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरु तोड्ने दाबी पनि गरे । उनले श्रमिकलाई ट्र्यापमा पार्ने खालका सबै प्रकारका कार्यविधि […]

फ्यूल कन्ट्रोल स्वीचमा समस्या देखिएपछि एयर इन्डियाको बोइङ जेट ग्राउन्डेड

भारतीय हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले बोइङ ७८७–८ ड्रिमलाइनर जहाजलाई ग्राउन्डेड गरेको छ । पाइलटले विमानको इन्धन नियन्त्रण स्विचमा सम्भावित खराबीको सङ्केत गरेपछि विमानलाई ग्राउन्डेड गरिएको हो । पाइलटको चिन्तामाथि प्राथमिकताका साथ जाँच भइरहेको कम्पनीले एउटा विज्ञप्तिमा भारतको नागरिक उड्डयन नियामकलाई सूचित गर्दै जानकारी दिएको छ । बोइङका प्रवक्ता एयर इन्डियासँग समन्वयमा रहेको र यस मामिलाको […]

विश्व शान्ति र समृद्ध नेपालको नारासहित साइकल यात्रा

। विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री मंगलबार महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सात जना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् । विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालको कामना यात्राको अभिष्ठ रहेको टोली नेता काठमाडाैँको कीर्तिपुरका बासिन्दा ४० वर्षीय […]

अमेरिकी संसद्‌मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो । सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु […]

आश्वासन मात्र होइन ‘इकोनोमिक ग्यारेन्टी’ खोज्दै व्यवसायी

 फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनको अन्तिम तयारीमा छन्। तर, यसपटक निजी क्षेत्रले दलका घोषणापत्रलाई केवल औपचारिक दस्ताबेजका रूपमा मात्र नभई देशको आर्थिक भविष्य कोर्ने मुख्य आधारका रूपमा चासोका साथ हेरेको छ। भदौ २३ र २४ को ‘जेन–जी’ आन्दोलनको रापताप र सुशीला कार्की नेतृत्वको सरकारले गराउन लागेको यो निर्वाचनमा आर्थिक […]

प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै बाँकी छ : पृथ्वी सुब्बा गुरुङ

नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै समाप्त नभएको बताएका छन् । प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन् । ‘विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गरियो भने त्यसैबाट सरकार बनाउन सकिन्छ । संविधान संशोधनको कुरा अघि बढाउन सकिन्छ र चुनाव पनि गराउन सकिन्छ’, गुरुङले भने, […]

निपाह भाइरसको जोखिम कति? यस्तो छ विश्व स्वास्थ्य संगठनको पछिल्लो मूल्याङ्कन

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो समय भारतमा देखिएको निपाह भाइरसको सङ्क्रमण र यसको जोखिमबारे नयाँ विश्लेषण सार्वजनिक गरेको छ। जनावरबाट मानिसमा सर्ने यो दुर्लभ र खतरनाक भाइरसका कारण ४० देखि ७५ प्रतिशतसम्म बिरामीको मृत्यु हुनसक्ने भए पनि यसका विरुद्ध अहिलेसम्म कुनै आधिकारिक खोप वा उपचार उपलब्ध छैन। मुख्यतः फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट […]

एक सय ३७ गोही प्रकृतिमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ […]

दलहरूको घोषणापत्रमा समेटिनुपर्ने विषय

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको व्यापक प्रभावले तत्कालीन सरकारको बहिर्गमन पश्चात् केही दिनको अशान्ति र अनिश्चितताबिच अन्तरिम सरकार गठन भयो । सरकारले पाएको मुख्य म्यान्डेट प्रतिनिधि सभाको निर्वाचन गराई ताजा जनादेश प्राप्त सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । जेनजीलगायत आम नागरिकमा रहेको चरम असन्तुष्टि र व्याप्त भ्रष्टाचार निर्मूल गर्नु, सुशासनको प्रत्याभूति दिनु […]

विश्व बैंकले नेपाललाई साढे ९ करोड अमेरिकी डलर सहायता उपलब्ध गराउने

 विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबर उपलब्ध गराउने भएको छ । वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले दिएको जानकारीअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा सहित उक्त सहायतालाई अनुमोदन गरिएको छ । जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण […]