कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिकवृद्धिमा मद्दत पुग्ने विश्वास गरे । उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, […]

घुससहित भन्सार अधिकृत न्यौपाने पक्राउ, २३ थान मोबाइल सेटसमेत बरामद

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अर्थ मन्त्रालय अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक सेवा विभाग अन्तर्गत गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब […]

काभ्रे–२ निर्वाचन विश्लेषणः गोकुल बाँस्कोटा बाहिरिएपछि अशोक व्याञ्जुलाई कति चुनौती ? संगठन, अन्तरविरोध र ‘ह्विम’बिच त्रिपक्षीय टक्कर

 प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा चुनावी परिणामबारे सर्वाधिक चासो हुने निर्वाचन क्षेत्रमध्ये एउटा हो– काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ । उपत्यकाका तीन वटै जिल्लासँग जोडिएकाले यो निर्वाचन क्षेत्र उपत्यकाकै एउटा भागजस्तो मानिन्छ । यो क्षेत्र अन्तर्गत बनेपा, पनौती, पाँचखाल मण्डनतदेउपुर नगरपालिकाका सम्पूर्ण क्षेत्र, धुलिखेल नगरपालिकाको १ देखि ७ नम्बर वडासम्मको क्षेत्र तथा बेथानचोक र भुम्लु गाउँपालिका […]

जोशीले दौरा सुरुवालमा पूरा गरे अन्टार्टिकाको म्याराथन

नेपाली मूलका अमेरिकी धावक बाल जोशीले अन्टार्टिकामा आयोजित म्याराथन पूरा गरेका छन्। जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन दौरा सुरुवालमा दगुरेर पूरा गरेका हुन्। अन्टार्टिकामा दौरा सुरुवाल लगाएर म्याराथन दौडनिे उनी पहिलो व्यक्ति हुन्। अन्टार्टिकाको कठ्यांग्रिदो माइनस २० डिग्री तापक्रममा शनबिार बिहान जोशीले ४२ किमी लामो म्याराथन पूरा गरे। नेपाली पोशाकमा अन्टार्टिकाको […]

युएईमा २६७ नेपाली कैदीबन्दीले पाए आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई)को ५४औँ राष्ट्रिय दिवस (ईद अल–इत्तिहाद)को अवसरमा त्यहाँका विभिन्न जेलमा रहेका २६७ जना नेपाली कैदीबन्दीले क्षमादान पाएका छन्। उनीहरुले त्यहाँको कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्कन पाउनेछन्। नेपाल सरकारले युएई सरकारद्वारा उदारतापूर्वक प्रदान गरिएको क्षमादानका लागि कृतज्ञता ज्ञापन गरेको छ। ‘क्षमादान पाएका नेपालीहरु त्यहाँको कानूनी प्रक्रियाहरु पूरा गरेपछि नेपाल आउनुहुन्छ। नेपाल सरकारले […]

अब वीरेन्द्र सभागृहमा बस्नेछ कोशी प्रदेशसभा, महानगरलाई मासिक ८ लाख भाडा तिर्नुपर्ने

कोशी प्रदेशसभा सञ्चालनका लागि विराटनगर महानगरपालिका र प्रदेशसभा सचिवालयबिच आइतबार औपचारिक सम्झौता भएको छ। महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहलाई प्रदेशसभाको बैठकस्थलका रूपमा प्रयोग गर्ने गरी दुई पक्षबिच करार सम्झौता भएको हो। विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिव सुदर्शन खड्काले […]

‘नेपालीले आवश्यकताभन्दा तीन गुणा बढी नुन खाइरहेका छन्’

 सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ का रूपमा मनाइरहँदा जनस्वास्थ्यविद् र उपभोक्ता अधिकारकर्मीहरूले नुनको प्रयोग र बालबालिकाको खानपान शैलीमा गम्भीर बन्नुपर्ने चेतावनी दिएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा बोल्दै वक्ताहरूले आयोडिनको कमीले हुने रोगहरू नियन्त्रणमा आए पनि नुनको अत्यधिक प्रयोग र पत्रु खाना (जंक फुड) का कारण नयाँ स्वास्थ्य समस्याहरू थपिएको बताएका छन् […]

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

 आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पर्सा ठोरीका ४१ वर्षीय वविलाल लामालाई काठमाडौँको महाराजगन्जबाट नियन्त्रणमा लिएको हो। लामाले कम्बोडियामा राम्रो कमाइ हुने प्रलोभनमा पारी पीडितबाट ४ लाख ३५ हजार रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले […]

रास्वपामा विचार छैन, सत्तामा पुग्ने हतारो मात्रै छ : विप्लव

नेकपा (माओवादी) मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरुले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए । महासचिव विप्लवले नयाँ पार्टीहरुले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवादी संस्कार […]

जनवरीमै भित्रिए ९२ हजार पर्यटक, भारतीयको हिस्सा सबैभन्दा धेरै

सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो। यो वृद्धि कोभिड–१९ महामारीपूर्वको सन् २०१९ को तुलनामा समेत १४ प्रतिशतले धेरै रहेको बोर्डले जनाएको छ। पर्यटक आगमनको तथ्याङ्क हेर्दा […]