संविधान पुर्नलेखन र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा माओवादीको प्रतिबद्धता

नेकपा(माओवादी)ले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गदै महासचिव नेत्रविक्रम चन्द विप्लवले शासकीय स्वरूप सहित २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने छ । विज्ञहरू सम्मिलित मन्त्रीपरिषद्को […]

स्लोभाकियामा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारले दिए राजीनामा

अमेरिकाको न्याय मन्त्रालयले जारी गरेका यौन दूराचारी जेफ्री एप्स्टिनसम्बन्धी फाइलमा आफू जोडिएको देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । शनिबार भिडियो सन्देशमार्फत फिकोले लाज्चाकको राजीनामा स्वीकार गरेको पुष्टि गर्दै उनलाई कूटनीति र विदेश नीतिमा अपूरणीय अनुभव भएका व्यक्ति भने । राजीनामा एप्स्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी दस्तावेज सार्वजनिक भएको एक दिनपछि आएको हो । ती […]

साइबर ब्यूरोको भवन महानगरलाई दिन गृह मन्त्रालयको सहमति

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ । आइतबार मन्त्रालयमा भएको छलफलपछि गृहले महानगरको २७ नम्बर वडा कार्यालयलाई सो भवन प्रयोग गर्न सहमति प्रदान गरेको हो । साइबर ब्यूरोको भवन ४ आना २ पैसा १ दाम क्षेत्रफलमा फैलिएको छ । साइबर ब्यूरोको कार्यालय सामाखुसीमा […]

रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् । पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक […]

उदयपुर सिमेन्टमा ‘क्लिङ्कर घोटाला’ प्रकरण : पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको करिब साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई १२ कराेड ४७ लाख २२ हजार २ सय ४२ विगाे […]

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती […]

तनहुँमा निर्वाचन प्रहरी तालिम सुरु

  जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गरेकाे छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गरिएकाे हो । निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै तालिम सञ्चालन गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँको […]

घमन्ड नगरी भन्ने हो भने हामी बहुमतका साथ विजयी हुन्छौँ : रास्वपा उम्मेदवार सापकोटा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेत क्षेत्र नम्बर २ मा आफूहरू विजयी हुने दाबी गरेको छ। एमाले, कांग्रेस र माओवादी जस्ता पुराना दलहरूको बलियो पकड मानिने यस क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश सापकोटाले आफूहरू भारी मतका साथ विजयी हुने ठोकुवा गरेका हुन्। यातायात व्यवसायी समेत रहेका सापकोटाले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चुनावी मैदानमा आफ्नो पक्षमा […]

सडक दुर्घटनाको कहर : काठमाडौँदेखि झापासम्म चार जनाले गुमाए ज्यान

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। काठमाडौँ, कपिलवस्तु, गोरखा र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ती व्यक्तिहरूले ज्यान गुमाएका हुन्। काठमाडौँको बालकुमारी पुल नजिकै शनिबार राति बा.प्र.०३-०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ। अन्दाजी ५० वर्षीया ती महिलाको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा गम्भीर घाइते […]

सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा  आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै  गुरुङले  मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर ल्याउने बताए । उनले नेपालको अर्थतन्त्र सुधार […]