भूपेन्द्र बडुवाल हत्याकाण्डमा १३ जना दोषी ठहर
कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौहाराका भूपेन्द्र बडुवालको हत्या घटनामा कैलाली जिल्ला अदालतले १३ जनालाई दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले ६ जनालाई जीवित रहेसम्म (आजीवन) र सातजनालाई जन्मकैदको फैसला गरेको हो । प्रतिवादी नविन रावल, आर्यन देवकोटा, रोशनबहादुर शाही अनुज भन्ने चिरञ्जीविजंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता २०७४ […]
विशेष महाधिवेशन : गगन-विश्वको प्रतिवेदन बन्दसत्रबाट पारित
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनलाई पारित गरेको छ । सोमबार र आज मंगलबार दिनभर प्रतिवेदनमाथि छलफल गरिएको थियो । छलफलपछि अन्तिममा महामन्त्री थापा र शर्माले त्यसमाथि थप प्रष्ट पारेका थिए । लगत्तै उनीहरूले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको घोषणा गरियो ।थापाले राजनीतिक प्रतिवेदन र शर्माले बदलिएको […]
सहमहामन्त्रीमा दुई जनाले गराए मनोनयन दर्ता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा दुई जनाले सहमहामन्त्रीमा मनोनयन दर्ता गराएका छन् । मंगलबार थारु क्लस्टरबाट डा.गोपाल दहित (बर्दिया) र खसआर्यबाट भरतबहादुर खड्का (डोटी)ले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति/उपसभापति/महामन्त्रीमा अहिलेसम्म कसैको पनि मनोनयन दर्ता भएको छैन ।
महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै मंगलबारको बन्दसत्र सकियो
काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै आजकाका लागि बन्दसत्र सकिएको प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए ।
कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता सुरु
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ ।मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
प्रधानमन्त्री कार्कीकाे प्रेस सल्लाहकारमा रावल नियुक्त
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीकाे प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त भएकाे छन् । प्रधानमन्त्री कार्कीकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । उनी यसअघि प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजक थिए । प्रेस सल्लाहकार नियुक्त भएपछि अब रावलले राज्यमन्त्री सरहको सुविधा पाउनेछन् ।
राष्ट्रपति पौडेलको नाम कांग्रेसको मतदाता सूचीबाट हटाउन शीतल निवासको अनुरोध
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सार्वजनिक गरिएको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति निर्वाचन जितिसकेपछि पार्टी राजनीतिबाट अलग भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम समावेश हुनु उपयुक्त नहुने भन्दै केन्द्रीय निर्वाचन समितिलाई नाम हटाउन आग्रह गरेका हुन्। भृकुटीमण्डपमा निर्वाचन समितिले टाँस गरेको […]
पार्टी एकता जोगाउन अधिकतम लचक हुन तयार छौं : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी एकता जोगाउन आफूहरू अधिकतम लचक हुन तयार रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका निधिले विशेष महाधिवेशनपक्षधरको निर्णयको पर्खिरहेको र पार्टी जोगाउनुपर्छ भनेर छलफल गरिरहेकोब ताएका हुन् । उनले भने, ‘हामी अधिकतम लचकता अपनाउने गरी केन्द्रीय कार्यालयमा कुरिरहेका छौँ । वार्ता टोलीले ब्रिफिङ […]
ललितपुर र बर्दियामा दुई जना मृत अवस्थामा फेला
ललितपुर र बर्दियामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। ललितपुरको गोदावरी नगरपालिका–९ बुरमचुली जंगलस्थित खोल्सामा मंगलबार एक युवकको शव फेला परेको छ। अन्दाजी ३० वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन। स्थानीयले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। यस्तै, बर्दियाको राजापुर नगरपालिका–६ झट्टीमा ३६ वर्षीय रोशन डगौरा थारू […]
सिन्धुपाल्चोकमा ८४ वर्षीया लालकुमारीलाई नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज ८४ बर्षिया जेष्ठ नागरिक लालकुमारी श्रेष्ठलाई नागरिकता प्रदान गरेको छ । गतसाता मात्रै जिम्मेवारी सम्हाल्न आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बाह्रविसे नगरपालिका वडा नं ४ पलाँतीकी जेष्ठ नागरिक श्रेष्ठलाई नागरिकता प्रदान गरेका हुन् । विस. १९९९ साल असोज १६ गते आमा रत्नकुमारी र बाबु इन्द्रविरश्रेष्ठबाट जन्मिएकी लालकुमारीले थाहा नै […]