विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्ने भएकाे छ। साेही बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएकाे हाे । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने सचिवालयले जनाएकाे छ।

एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको […]

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?

बेलबारी (मोरङ) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मंगलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा […]

माघ २० गतेभित्र सबै प्रकारका हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह(सूचनासहित)

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ। रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवले मंगलबार एक सूचना जारी गर्दै यतो आग्रह गर्नुभएको हो । जिल्लाका विभिन्न व्यक्तिहरूको नाममा दर्ता रहेका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र त्यसमा प्रयोग […]

पर्यटनको राजधानीमा पोखरामा भुटानी पर्यटन प्रमुखको उपस्थिति: तालबाराही आरतीमा देखियो धार्मिक सहिष्णुता

नेपालको पर्यटन राजधानी पोखरामा यतिबेला भुटानका पर्यटन संघका प्रमुख कार्यकारी अधिकृत (CEO) कर्मा नाम्गे सपरिवार भ्रमणमा रहेका छन्। यसै सिलसिलामा नाम्गेले पोखराको आध्यात्मिक पहिचानका रूपमा स्थापित माता तालबाराही आरती मा सहभागी भई धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।   साँझको पावन समयमा आयोजना गरिएको आरतीमा पुग्नुभएका नाम्गेसहितको टोलीलाई तालबाराही आरतीका संस्थापक अध्यक्ष मङ्गल नेपालीले […]

डडेल्धुरामा कांग्रेसको नयाँ परीक्षणः महरको ‘अग्निपरीक्षा’

विगतमा डडेल्धुरा भन्नेबित्तिकै नेपाली कांग्रेसको उम्मेदवार शेरबहादुर देउवा भनेर सबैको मन मस्तिष्कमा आउने गर्थ्यो । यस पटक त्योभन्दा केही फरक अवस्था छ । २०४८ सालदेखि ०७९ सम्मका सात वटा संसदीय निर्वाचनमा लगातार जित्दै आएका देउवा यसपटक चुनावी मैदानमा देखिने छैनन् । देउवालाई नेपाली राजनीतिमा ह्याट्रिक प्रधानमन्त्रीसमेत भनेर धेरैले भन्छन् । पार्टी सभापतिको छवि बनाएका देउवा डडेल्धुराका […]

प्रतिनिधिसभा चुनाव : काभ्रेपलाञ्चोकमा ४२ जनाको उम्मेदवारी

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोकका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा १५ वटा दल र तीन जना स्वतन्त्र तथा क्षेत्र नम्बर २ […]

काठमाडौँका १० क्षेत्रमा २५४ उम्मेदवार

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँका १० वटा क्षेत्रबाट २५४ जना उम्मेदवारी परेको छ ।जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा मात्र ३० जनाको उम्मेदवारी परेको छ ।

कालिकोटमा भूपेन्द्रजंग शाहीले दिए स्वतन्त्र उम्मेदवारी, रोचक बन्दै चुनाव

कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।कालिकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । शाहीले यो पटक टिकट पाउने भन्दै सुरुमै चुनावी अभियान थालिसकेका थिए । तर बिचमा कांग्रेस विशेष महाधिवेशन चल्यो । त्यो क्रममा शाही विशेषतर्फ खुलेका थिएन । केन्द्रको गुटको शिकार बन्दा विशेषतिर खुलेका हर्षबहादुर बमले टिकट […]