नेकपाले मेटमणिलाई टिकट दिएपछि पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी असन्तुष्ट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । नेकपाले मेटमणि चौधरीलाई टिकट दिएपछि केसीको असन्तुष्टि बाहिर आएको हो । केसीले पार्टीभित्र आफ्ना पक्षमा अझै सम्भावना रहेको दाबी गर्दै अहिले पनि छलफल जारी रहेको बताएका छन् । उनले भने, “मलाई स्वतन्त्र रूपमा उम्मेदवार बन्नका लागि […]

राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

नेकपा नेता एवं पूर्वमन्त्री रामेश्वर राय जसपा नेपालमा प्रवेश

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जसपा नेपालमा प्रवेश गरेका छन् । आइतबार उनीसहित सर्लाहीका दर्जनौँ नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादा माला लगाएर पार्टीमा स्वागत गरे । यादवसँगै सर्लाही क्षेत्र नम्बर ३ चक्रघट्टा गाउँपालिकाका […]

धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन् : सहसचिव भण्डारी

राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले सरकारी तथा निजी लगानीमा बनिरहेका आयोजनाहरु धेरै समस्यामा फसिरहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघको वार्षिकोत्सवको अवसरमा आयोजित प्यानल छलफलमा बोल्दै भण्डारीले जलविद्युत मात्रका नभई धेरै पूर्वाधारहरु समस्यामा फस्दा समयमै नसकिएको बताए । उनका अनुसार आयोजनाहरु समयमै नसकिनुको कारणबारे अध्ययन समेत आयोगले गरेको थियो । अध्ययनमा सबै मन्त्रालयहरुका […]

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजिनामा

काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत भुक्तानी संकट चुलिँदै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। तनहुँका काफ्ले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा सेवा प्रदायक संस्थालाई दिनुपर्ने भुक्तानी रकम लगातार बढ्दै जाँदा […]

ग्रिनल्याण्ड प्राप्त गर्ने योजनालाई समर्थन नगर्ने राष्ट्रहरूमाथि भन्सार शुल्क लगाउँछु : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्त्वाकांक्षी योजनामा नयाँ मोड दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले स्पष्ट पारे कि यदि कुनै पनि राष्ट्रले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा बाधा पुर्‍याएमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउन सक्छ । ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक अवस्थिति र […]

कांग्रेस सभापति थापा र आयोगविरूद्ध देउवा पक्षको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्षले आइतबार गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। सर्वोच्च प्रशासनले साेही रिटको पेशी यहि माघ ६ गतेका लागि तोकेको जनाएकाे हाे। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएकाे छ। रिटको पेशी आइतबारै तोक्नका लागि आग्रह गरे‍को भएता पनि सर्वोच्च […]

शोक प्रश्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित

काठमाडाैं । शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभाकाे चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेर सकिएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो । साथै उहाँले राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभएकाे छ। […]

कविता : के मिलन हुनु गलत होला र ?

यदि मिलन हुनु भ्रष्ट हो भने, टुटेफुटेको, कसरी स्पष्ट हुन्छ होला र, हामी मिलेको असली, अरू जोडिएको अप्राकृतिक, कसरी भन्न मिल्छ होला र, कुन उद्देश्यले मिलन वा बिछोड भएको, केही समयमा जानकारी नहुने, गोप्य कुरा नै, के होला र, स्वार्थ पूरा गर्ने, बाहाना मात्र हो भने, पानी तताएर, कहिले बाक्लो हुन्छ होला र, एकता नै […]

पाँच मिनेटमै सकियो राष्ट्रियसभाको पहिलो बैठक

राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा स्थगित भएको हो ।आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा थिएनन् । दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब उक्त बैठक माघ […]