इन्धन आपूर्ति गर्ने सैन्य विमानका चार क्रु मेम्बरको मृत्यु

इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमानका चालकदलमध्ये चार जनाको मृत्यु पुष्टि भएको छ । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड सेन्टकमले शुक्रबार सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै ६ जनामध्ये ४ चालकदल सदस्यको मृत्यु भएको जनाएको हो। दुर्घटनामा परेको विमान बोइङको केसी–१३५ स्ट्राटोट््याङ्कर हो । यस विमानले आकाशमै अन्य लडाकु विमानमा इन्धन भर्ने […]
कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलाे साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए । ‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामीहरू लागेका छौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, […]
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न […]
विदेशमा सन्तानः स्वदेशमा अभिभावकको मत परिवर्तन

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो । लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका […]
इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका ८४ इरानी नाविकका अवशेष शुक्रबार इरानतर्फ पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । नौ दिनअघि भएको उक्त घटनामा इरानको युद्धपोत डुबेका कारण ठूलो जनधन क्षति भएको थियो । श्रीलङ्काली अधिकारीहरूका अनुसार मार्च ४ मा श्रीलङ्काको समुद्री क्षेत्रमा रहेको इरानी फ्रिगेट ‘आइआरआइएस डेना’ माथि टारपीडो प्रहार हुँदा ती […]
छल्दी खोलामा झोलुङ्गे पुल

धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ धुर्कोटको गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्नका लागि छल्दी खोलमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु एक करोड ८४ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको भारवहन क्षमता […]
बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने

बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । रूसमाथि आर्थिक प्रतिबन्ध आवश्यक रहेको भन्दै बेलायतले तेलमाथिको प्रतिबन्ध कुनै पनि हालतमा नहटाउने बताएको छ । बेलायती ऊर्जामन्त्री माइकल श्याङ्क्सले बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । यसैबिच अमेरिकाले समुन्द्रमा लोड भएर अलपत्र रहेका रूसको तेल र पेट्रोलियम उत्पादन खरिद गर्न अस्थायी अनुमति दिएको छ […]
एमालेबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ । यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो । आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा […]
इरान द्वन्द्वले अमेरिकी पेट्रोल मूल्य बढायो, ट्रम्प रणनीति बदल्दै

इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्दै छन् । अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो । यस परिवर्तनले ट्रम्पको पहिलेको सस्तो इन्धनको […]
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना
आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना भएको छ । इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ विमान पश्चिमी इराकमा दुर्घटना भएको अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे । इन्धन भर्न प्रयोग भइरहेको दुई मध्ये एउटा विमान दुर्घटना भएको हो । अर्काे विमान भने सुरक्षित रूपमा अवतरण गर्न […]