विशेष महाधिवेशन पक्षधरको दाबी- प्रतिनिधिको संख्या बढ्यो, ६० प्रतिशत भन्दा धेरै सहभागी हुन्छन्

– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भोलिको कार्यक्रममा ६० प्रतिशत भन्दा धेरै प्रतिनिधि सहभागी हुने दाबी गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिला हस्ताक्षर नगरेका तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायतका जिल्लाका प्रतिनिधि पनि खुलेको नेता अजयबाबु शिवाकोटीले बताए। उनले भोलि उद्घाटन हुने विशेष महाधिवेशन ऐतिहासिक हुने दाबी गरे। उनले भने, ‘५४‍‍/५८ प्रतिशतले हस्ताक्षर गरेर हामीले […]

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको छ । रुकुम पश्चिममा भएको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभयो । पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका […]

कांग्रेस दैलेखमा बहुमत प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा रहेको दाबी

नेपाली कांग्रेसको बलियो प्रभाव रहेको दैलेखमा विशेष र नियमित महाधिवेशनको विषयलाई लिएर नेता–कार्यकर्ताहरू विभाजित देखिएका छन् । विशेष महाधिवेशनको पक्षमा खुलेका नेताहरूले बहुमत सदस्यहरू विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गरेको छ । दैलेखबाट विशेष महाधिवेशनको नेतृत्व हाल कर्णाली प्रदेशसभा सदस्य, पूर्वमन्त्री कृष्णकुमार विसी, पूर्व जिल्ला सचिव भूपेन्द्र शाही लगायतले गरेका छन् । विसी पूर्वजिल्ला सभापति […]

पूर्वराजा ज्ञानेन्द्रको सन्देश: ‘हिजो देश नबनेको चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा’

। राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गर्दै आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेका संकटले गहिरो चिन्ता दिएको बताउनुभएकाे छ । उहाँले हिजो देश नबनेको चिन्ता रहेकामा आज देश नै नबच्ने हो कि भन्ने निराशा उत्पन्न भएको उल्लेख गर्नुभयाे । पूर्वराजा शाहले भाषण, जादू र […]

गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश

 नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका […]

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । शनिवार केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमाले निर्वाचनमा स्वस्थ प्रतिष्पर्धामा विश्वास राख्ने पार्टी भएको बताउनु भयो । उहाँले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र […]

समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह

 निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् । २१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक सूची पठाएका थिए । त्यसमा नाम रहेका र फिर्ता लिन चाहनेलाई आयोगले […]

घटाइयो नगद कारोबारको सीमा, ५ लाख बढीको कारोबार चेकबाट मात्रै गर्न पाइने

 अब बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। राजपत्रमा प्रकाशित भइसकेको सरकारी निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नगद सीमासम्बन्धी निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्न पाउनेछन्। यस्तै वित्तीय […]

अभिभावकलाई मन्त्री श्रेष्ठको आग्रह : मतदान गर्दा सन्तानलाई सम्झिनुस्

२५ पुस, काठमाडौं । महिला, बालकालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई सक्रिय सहभागी हुन आग्रह गरेकी छन् । उनले मताधिकार प्रयोग गर्दा आफ्ना सन्तानको भविष्यलाई सम्झेर मत खसाल्न पनि भनेकी हुन् । आफ्ना सन्तानले फेरि रगत बगाउन नपर्ने गरी मतदानमा विवेक पुर्‍याउनुपर्न‍े उनको भनाइ थियो । नेपाल अर्बुद […]

रास्वपाद्वारा चुनावी अभियानका लागि ३२१ कर्मचारी माग (सुचनासहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियानका लागि ३२१ कर्मचारी माग गरेको छ। शुक्रबार रास्वपाले विभिन्न पदमा ३२१ जना कर्मचारीको आवेदन मगाएको हो।