एमालेबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ । यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो । आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा […]
इरान द्वन्द्वले अमेरिकी पेट्रोल मूल्य बढायो, ट्रम्प रणनीति बदल्दै

इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्दै छन् । अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो । यस परिवर्तनले ट्रम्पको पहिलेको सस्तो इन्धनको […]
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना
आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना भएको छ । इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ विमान पश्चिमी इराकमा दुर्घटना भएको अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे । इन्धन भर्न प्रयोग भइरहेको दुई मध्ये एउटा विमान दुर्घटना भएको हो । अर्काे विमान भने सुरक्षित रूपमा अवतरण गर्न […]
रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने अमेरिकाकाे घोषणा
अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले ऊर्जाको मूल्य घटाउन आ–आफ्नो भण्डारबाट कूल ४० करोड ब्यारेल तेल र प्रशोधित उत्पादनहरू सामूहिक रूपमा निकाल्ने राष्ट्रपति डाेनाल्ड ट्रम्पको प्रस्तावमा सर्वसम्मतिले सहमति जनाएका बताउनुभएको […]
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरसहित)
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ। पिता मोहनप्रसादकाे ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उहाँको पार्थिव शरीरलाई शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल […]
बालेनले प्रधानमन्त्री भएपछि कस्तो बनाउलान् सम्बन्ध भारत, चीन र अमेरिकाप्रति आक्रामक रहेका
भारतले नेपालमा हालै सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै नयाँ सरकारसँग सहकार्यका लागि उत्सुकता व्यक्त गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिनुका साथै आगामी सरकारका लागि शुभकामना दिएका थिए । सारांश भारतले निर्वाचनपछि नयाँ सरकारसँग सहकार्यको इच्छा व्यक्त गरेको छ, प्रधानमन्त्री […]
सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार
जुम्लामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ। तिला गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको बिहीबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भए पछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्ला बाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो। घरमै सुत्केरी गराउने प्रयास गर्दा […]
मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो
काठमाडौं । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ । यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका […]
रवि लामिछाने बिरामी, के भयो ?
काठमाडौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ बनेका छन् । सभापति लामिछाने ज्वरो आएपछि घरमै आराम गरिरहेका हुन् । रविलाई ज्वरो आएको उनको सचिवालयले जनाएको छ । चुनावी दौडधुपका कारण स्वास्थ्यमा समस्या आएको हुन सक्ने जनाइएको छ । लामिछाने अस्पताल भर्ना भने भएका छैनन् । उनी निवासमा आराम गरिरहेका छन् ।
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनाको अवधीमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांक अनुसार ०८२ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम भएको छ । त्यसअघि २०८१ माघ मसान्तमा बजार पुँजीकरण ४४५८ अर्व ५२ करोड रहेको थियो […]