राप्रपा नेपालले अनुमोदन गर्यो राप्रपासँगकाे पार्टी एकता, अन्तिम बैठकमा के भने कमल थापाले ?

राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको छ । भोलि राप्रपासँग पार्टी एकता गर्न लागेको राप्रपा नेपालको आजको बैठक अन्तिम बैठकको रूपमा रहेको थियो । आज बसेको केन्द्रीय कार्य समितिको बैठकले राप्रपा र राप्रपा नेपाल बिच एकता गर्ने निर्णयलाई अनुमोदन गरेको छ । भोलि पुस १६ गते दिउँसो १ः०० बजे राष्ट्रियसभा गृहमा […]
कीर्तिपुरको डाँडामा बसेर मासिक ३ लाख रूपैयाँ कमाउन सकिन्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने […]
दलीय राजनीतिमा खुल्न थालेपछि अन्तरिम सरकारका मन्त्रीहरूमाथि उठ्यो प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बिच सातबुँदे एकता सहमति भएपछि अन्तरिम सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । सोमबार राति सरकारका ऊर्जामन्त्री समेत रहेका रहेका उनेपाका संरक्षक कुलमान घिसिङले हस्ताक्षर गरेपछि सरकारले निष्पक्ष निर्वाचन गर्नेमा प्रश्न उठेको हो । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारलाई निर्वाचन गराउने मात्र म्यान्डेट रहेकाले कुनै […]
ओखलढुंगामा दम्पतीको शव भेटियो

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा शोभित थापा मगर र उनकी पत्नी रत्नमाया थापा मगर मृत अवस्थामा फेला परेका छन्। वडा अध्यक्ष बलराम कटवालका अनुसार, दुवैजनाको हत्या गरिएको हुनसक्ने आशंका छ। स्थानीयका अनुसार, घर बाहिर रगत लागेको थियो र बिहानसम्म पसल नखोलिएपछि शंकास्पद परिस्थितिमा शव फेला परेको हो। श्रीमान्–श्रीमतीको शव घर नजिकैको मतानको घाँस थुपारेको स्थानमा लुकाइएको […]
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को मिडिया सेलले सबैभन्दा पहिले फेसबुकमार्फत उनको निधनको जानकारी दिएको हो। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, फज्रको नमाज पढेको केही बेरपछि […]
प्रधानमन्त्रीलाई झुक्याएका सचिव पुस्करलाई श्रम मन्त्रालयबाट हटाइयो

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवादमा मुछिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करको सरुवा भएको छ । उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । सचिव पुस्करले प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर स्वास्थ्य परीक्षणको शुल्क वृद्धिसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको आरोप लागेको छ । सोही प्रकरणमा उनलाई कारबाहीस्वरूप उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । मेडिकल […]
निर्वाचन आउन ६५ दिन बाँकी: आयोगले तोक्यो खर्च सीमा

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु. २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र […]
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबिच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। अध्यक्ष दाहालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट गरेका हुन्। भेटका क्रममा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको बताइएको छ। दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न आग्रह गरेकाे प्रधानमन्त्रीको सचिवालयले […]
समानुपातिक उम्मेदवारको बन्दसूची आयाेगमा ९ राजनीतिक दलले बुझाए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो । साेमबार साँझसम्म ९ वटा राजनितिक दलले मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । तर अझै पनि शीर्ष दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छैनन् ।आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय थपिने छैन […]
पर्यटन क्षेत्रलाई उद्योग भनेका छौं, तर सुविधा दिएका छैनौं: मन्त्री सिन्हा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ। सिंहदरबारमा सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानूनले नदिएको उल्लेख गर्नुभयो । यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँकाे जोड […]