रवि लामिछाने बिरामी, के भयो ?

काठमाडौं काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ बनेका छन् । सभापति लामिछाने ज्वरो आएपछि घरमै आराम गरिरहेका हुन् । रविलाई ज्वरो आएको उनको सचिवालयले जनाएको छ । चुनावी दौडधुपका कारण स्वास्थ्यमा समस्या आएको हुन सक्ने जनाइएको छ । लामिछाने अस्पताल भर्ना भने भएका छैनन् । उनी निवासमा आराम गरिरहेका छन् ।

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम

काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनाको अवधीमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांक अनुसार ०८२ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम भएको छ । त्यसअघि २०८१ माघ मसान्तमा बजार पुँजीकरण ४४५८ अर्व ५२ करोड रहेको थियो […]

तेलको मूल्यमा छिटै सोचेको भन्दा धेरैले घट्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कच्चा तेलको भाउमा छिटै नै सोचेको भन्दा धेरै नै कमी आउने दाबी गरेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य बढिरहेको बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । केन्टकीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले ३२ देशले तेलको रणनीतिक भण्डारबाट तेल झिकेर बजारमा ल्याउने निर्णय गरेको उल्लेख गर्दै त्यसले मूल्य […]

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । रु ४० लाखमा सञ्चालित उक्त योजनामार्फत करिब […]

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र […]

मधेसमा आँप उत्पादन बढ्ने सङ्केत, प्रत्येक बोटमा ढकमक्क फूल

मधेस प्रदेशका विभिन्न जिल्लामा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले बताए । उनका अनुसार धान उत्पादनमा केही कमी आए पनि यसपालि आँप खेतीले किसानलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको छ […]

मानव तस्करको फन्दामा परी कम्बोडिया पुगेका १६ नेपालीको उद्धार

मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश फर्काइएको हो। दूतावासका अनुसार उनीहरूलाई विभिन्न माध्यमबाट कम्बोडिया पुर्‍याएर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो। साथै, […]

नवनिर्वाचित सांसदको औसत उमेर ४४ वर्ष

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको औसत उमेर घटेको छ । दलहरूले युवा उम्मेदवारलाई प्राथमिकता दिँदा औसत उमेर घटेको हो । निर्वाचित सांसदको औसत उमेर अहिले ४४.९१ वर्ष रहेको छ । यसअघि यस्तो उमेर ५२.१२ वर्ष रहेको थियो । अहिले संसद्मा कम्तीमा २५ वर्षदेखि बढीमा ७१ वर्षसम्ममा सांसद रहेको निर्वाचन आयोगले जनाएको छ । कुन उमेर समूहको […]

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए । “बाँध, विद्युत्गृह, पाइपलाइन, […]

‘गगन थापाको राजीनामा होइन, नेृतत्व निरन्तरता चाहिएको छ’

नेपाली कांग्रेस ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरूले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले नै निरन्तरता दिनुपर्नेमा हस्ताक्षर अभियान चलाएका छन् । बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित आठजना जनप्रतिनिधिले वर्तमान राजनीतिक अवस्था, कांग्रेसको गर्भिलो इतिहास, समसामयिक राजनीतिमा खेल्नुपर्ने भूमिका, राष्ट्रिय र लोकतन्त्रको संरक्षणका लागि गगन थापाले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने र उनी मात्रै एक मात्र सक्षम व्यक्ति भएको […]