नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना

नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना गरिएको छ । कस्मेटिक, सौन्दर्य र वेलनेससम्बन्धी एक्स्पो ’कस्मेटिका एक्स्पो’ राजधानीको नक्सालमा शुरु भएको हो । हाउस अफ राजकर्णिकारको आयोजनामा नेपालमा पहिलो तथा एक मात्र बृहत ट्रेड शो, कस्मेटिका- २०२५ काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा शुक्रबारदेखि शुरु भएको हो । ३ दिनसम्म संचालन हुने भएकाे छ। कस्मेटिका २०२५ ले […]

रघुगङ्गाको दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । दुवारी भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर चार्ज भएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० […]

अपांगता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चमा रिट दायर

अपांगता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्वलाई कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ। राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाई, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थसहित अपांगता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानूनी सहायतामा शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, […]

मागकर्ताले भने– पुस २८ भित्रै विशेष महाधिवेशन हुनपर्छ

 नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले २८ पुसभित्र विशेष महाधिवेशन हुनैपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गरिएको स्मरणपत्रमा माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन हुनैपर्ने उल्लेख गरिएको छ । स्मरणपत्रमा भनिएको छ, ‘हामी पुन: स्पष्ट पार्न चाहान्छौं, विशेष महाधिवेशन, महाधिवेशन […]

घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका छैन: निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको र घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ। आयोगको कार्यालयमा शुक्रबार मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न भन्दा आयोग धेरै अघि पुगिसकेको उहाँको भनाइ छ। उहाँले निर्वाचनको विकल्प नभएको […]

फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार हात्तिवनस्थित निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उनले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनले सो निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत […]

मधेशका ३ सय बढी जेनजी युवा रास्वपामा प्रवेश

विभिन्न क्षेत्रमा स्थापित ३ सय बढी मधेशी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । पार्टीकाे केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरेका हुन्। केही समयअघि जेनजी अगुवाहरु पनि पार्टी प्रवेश गरेका छन् । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति […]

जेनजी आन्दोलनले देशलाई नयाँ मार्ग र दिशा दियो : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको दाबी […]

कृषिलाई जीवनशैली बनाउने सपना

टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो […]