रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते

रोल्पा नगरपालिका–३ गोठमारेमा अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्रवीर विश्वकर्माका अनुसार रोल्पा नगरपालिका ३ गोठमारेकी २६ वर्षीया गायत्रा खड्का केसी, गायत्राकी २ वर्षीया छोरी रिहाना र सोही ठाउँ निवासी २३ वर्षीया निम […]
घोराही–तुलसीपुर सडकखण्डमा मोटरसाइकल पल्टिएको स्थान नजिक २ जना मृत फेला, दुवैको पहिचान खुल्यो

दाङको घोराही उपमहानगरपालिका–१६ सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगई बस्ने ३९ वर्षीय कमल ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा लु प्र ०२००१ प ११०२ […]
अन्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

अन्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको हो । संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए । नयाँ भाउ अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । […]
टेलिकमको बिलिङ सिस्टम भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसहित १८ जनाको पेसी तोकियो

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो। यस मुद्दामा दुई पटक वादी पक्ष र दुई पटक प्रतिवादी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि […]
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको यो […]
बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले दिए राजीनामा
काठमाडौँ । एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले राजीनामा दिएका छन् । अमेरिकी यौन अपराधीलाई दोषी ठहर गरिएका जेफरी एपस्टीनसँग सम्बन्ध भए पनि पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेपछि विवादमा परेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) ले राजीनामा दिएका हुन्। डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ […]
फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् । ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् […]
आज टी–२० क्रिकेटमा तीन खेल हुँदै
काठमाडौँ – अन्तर्राष्ट्रिय टी–२० क्रिकेट अन्तर्गत आज एकै दिन तीन वटा प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुँदैछन्। आजको पहिलो खेल कोलकाताको इडन गार्डेन स्टेडियमा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटली आमनेसामने हुँदैछन्। त्यसैगरी दिउँसो ३ः१५ बजे जिम्बाब्वे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्नेछन्। आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा […]
कास्की–२ : रास्वपा अघिल्लो चुनावको प्रत्यक्षको उपबिजेता, यस पटक बिजेता हुने प्रक्षेपण
पोखरा– २१ फागुनमा हुन लागिरहेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा कास्की–३ मा मुख्य दलसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तिव्र प्रतिस्पर्धा देखिएको छ। यस निर्वाचन क्षेत्रमा ०७९ को मतदानका क्रममा रास्वपाले जुन हैसियतलाई पहिलो पटक अनुभूती गरेको छ बरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने चर्चाले ‘अन्डर डग’बाट ‘फ्रन्ट रनर’को यात्रातिर लम्किएको सर्वसाधारणका प्रतिक्रियाले प्रष्ट पार्दछ। यस क्षेत्रमा […]
नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल
नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै प्रदेश सभामा दलहरूको हैसियत फेरिएको छ । नेकपा संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको र संसदीय दलका अरू पदाधिकारी निर्वाचनपछि चयन गरिने नेकपाका सांसद शिवसिंह ओलीले जानकारी दिए । २१ सदस्यसहित नेकपा सबैभन्दा ठुलो दल बनेको छ । […]