रवीन्द्र मिश्रले लेखे कांग्रेस नेता शेखर कोइरालालाई ९ बुँदे खुला पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र लेखेका छन्।  मिश्रले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको पत्रमा कोइरालाको राजनीतिक भूमिका, निर्णय क्षमता र नेतृत्वदायित्वमाथि प्रश्न उठाएका छन्। देशको अवस्था नाजुक भएको भन्दै अभिभावकको खाँचो रहेको डा. कोइरालाकै अभिव्यक्तिलाई उद्धृत गर्दै मिश्रले गर्न सक्ने ठाउँमा बसेर […]

सरकारले आज पनि पार्टी कार्यालय अनुगमन गर्दै

चुनावी माहोल बनाउन सरकारले राजनीतिक दलहरुसँगको संवाद तिव्र पारेको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्दैछ । यो समितिले हिजो शिर्ष तीन दल कांग्रेस, एमाले र नेकपाको केन्द्रीय कार्यालय अनुगमन गरेको थियो । समितिले आज बिहान ११ बजे […]

केकी र स्वस्तिमाको तस्वीर दुरुपयोग गर्दै ठगी, सजग हुन अनुरोध

पछिल्लो समय सेलिब्रेटीको नक्कली आइडी बनाएर सामाजिक सञ्जालमार्फत पैसा माग्ने र ठगी गर्ने क्रममा वृद्धि भएको छ । आफूहरूको नाम दुरुपयोग गर्दै ह्वाट्स एप र भाइबरबाट पैसा मागिएको गुनासो कलाकारले गरेका छन् । गत महिना संगीत क्षेत्रका चर्चित कलाकारको नक्कली आइडीमार्फत पैसा मागिएको गुनासो आएको थियो । यसपटक भने अभिनेत्रीद्वय केकी अधिकारी र स्वस्तिमा खड्काको […]

बालेन शाहको सक्रियताले राजनीतिमा नयाँ आशा : रमेश खरेल

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो राजनीतिक सक्रियता र भेटघाटले मुलुकको राजनीतिमा सकारात्मक तरङ्ग पैदा गरेको छ। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले बालेनको यो सक्रियतालाई देशको वर्तमान आवश्यकतासँग जोड्दै नयाँ र वैकल्पिक राजनीतिक शक्तिको उदयको सङ्केतका रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खरेलले बालेनको नेतृत्वमा सङ्गठित रूपमा राजनीति अगाडि बढ्नु समयको माग […]

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पद छाड्नु नै बुद्धिमानी हुने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पद छाड्नु नै बुद्धिमानी हुने बताउनुभएको छ । यदि मादुरोले कठोर बन्ने प्रयास गरे यो नै उनको अन्तिम पटक हुने चेतावनी दिनुभयो । ट्रम्पले फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार–अ–लागो रिसोर्टमा मदुरोलाई सत्ता छाड्न बाध्य पार्ने लक्ष्य हो कि भनेर सोधिएको प्रश्नको जवाफमा यस्तो टिप्पणी गर्नुभएको हो । […]

देशको गम्भीर परिस्थितिको निकासका लागि चुनाव सफल बनाऔँ : राष्ट्रपति

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो सहमति भएको […]

प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै छलफल

राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल थालेका छन् । अहिले राष्ट्रपति पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा छन् । छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । उनी भने केहीबेरअघि शीतलनिवासबाट बाहिरिसकेकी छिन् । उनी बाहिरिएपछि ओली, देउवा […]

शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलसँग सघन संवाद गर्न जरूरीः नेता पुन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको बताउनुभएकाे हाे । उहाँले सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग […]

पाकिस्तानमा अज्ञात समूहकाे आक्रमणमा परी ५ जना प्रहरी जवानको मृत्यु

पाकिस्तान अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली प्रहार गर्दा ५ जना प्रहरी जवानको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार साेही प्रहारमा परी उनीहरुकाे मृत्यु भएकाे हाे। घटना मंगलबार बिहान पाैने ९ बजे आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ। प्रहरीले तुरुन्तै जवाफी गोली चलाउँदा […]

बाढीपहिरोले क्षतिग्रस्त इलामका सडक-पुल बनाउन २ अर्ब १९ करोडको स्रोत सुनिश्चित

सरकारले गत असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त इलामका सडक तथा पुलहरूको पुनर्निर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो सहमति प्रदान गरेको सडक डिभिजन इलामका इन्जिनियर पवन भट्टराईले रातोपाटीलाई बताए । उनका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा सडक डिभिजन कार्यालय, इलाम अन्तर्गतका […]