निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गर्नुको विकल्प छैनः नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेकाे समयमा नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र सम्भव […]

जाँचबुझ आयोगले बयानका लागि लेखक पठायो पत्र

जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भएर सन्दीप बंगलादेश गएका हुन् । यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका छन् । लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन् । यसअघि उनी २०१९ मा सिलेट टाइटन्समा अनुबन्ध भएका थिए । राजशाही वारियर्सले सन्दीप जहाजमा […]

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायी अमेरिका उड्न पाएका छैनन्। श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका हुन्। मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष […]

मेसीलाई तीनदिने भारत भ्रमणमा एक अर्ब भारु पारिश्रमिक

अर्जेन्टिनी कप्तान लियोनल मेसी भारतको तीन दिन भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । मेसीको तीन दिनको भ्रमणका लागि आयोजकले उनलाई एक अर्ब भारु तिरेको टाइम्स अफ इन्डियाले सोमबार जनाएको छ । आयोजकका प्रमुख सतान्दु दत्ताले अर्जेन्टिनी कप्तानलाई भारतमा ल्याउन आफूहरूले पारिश्रमिक रूपमा ८९ करोड भारु तथा भारत सरकारलाई कर स्वरुप थप ११ करोड भारु खर्च भएको जानकारी […]

नवौं भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि सुरु हुँदै

आगामी पुस ११ गतेदेखि हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीले सहभागी जनाउनेछन । यसपटक मा गण्डकी प्रदेश भने च्याम्पियनसिप नखेल्ने भएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा […]

बंगलादेशमा अर्का विद्यार्थी नेताको गोली हानी हत्या

बंगलादेशमा अर्का एक विद्यार्थी नेताको गोली हानी हत्या गरिएपछि थप हिंसा भड्किएको छ । इक्लाव मञ्चका नेता शरीफ उस्मान हादीको हत्या गरिएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरको हत्या भएको हो । गत वर्षको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता समूहका सिकदरलाई सोनाडांगा क्षेत्रमा गोली हानिएको थियो । गम्भीर घाइते अवस्थामा खुलना मेडिकल कलेजमा […]

गोरखामा भेटियो मानव कंकाल

 गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा मानव कंकाल फेला परेको छ । कंकालसँगै एक थान किप्याड मोबाइल, जुत्ता, ट्रयाक र कमिज समेत फेला परेको प्रहरीले जनाएको छ । ‘सोमबार कंकाल भेटियो भन्ने जानकारी आएपछि हाम्रो टोलि त्यहाँ पुग्यो,’ एसपी भरतबहादुर बिकले भने, ‘त्यहाँ पुग्दा मोवाइल र कपडाहरू पनि भेटियो ।’ मोबाइल बारपाक सुलिकोट गाउँपालिका–३ का […]

सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँ : प्रधानमन्त्री

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको बताएकी छन् । सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन्। विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् […]

राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने: राप्रपा

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ। सिंहदरबारमा सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सोही पार्टीका नेता राजेन्द्र गुरुङले यस्ताे बताउनुभएकाे हाे। राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने उहाँकाे भनाइ छ। उहाँले निषेधको राजनीतिले […]