दोस्रो स्थानमा उक्लिए दीपेन्द्रसिंह

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी फेरि दोस्रो स्थानमा फर्किएका छन् । यसअघिको वरीयतामा ऐरी तेस्रोमा थिए । टी–२० अलराउन्डरको शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत् छन् । हार्दिकले सर्वाधिक दुई सय ५२ रेटिङ पाएका छन् । नेपालका ऐरीले दुई सय सात रेटिङ अंक बटुलेका छन् । हार्दिक र ऐरीबिच ४३ रेटिङ अंक […]
साउन १५: खीर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्। संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम […]
गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर […]
युक्रेनको जेलमा रुसी आक्रमण, १७ कैदीको मृत्यु

दक्षिण–पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले भनेका छन् । घटनामा अरू ४२ जना घाइते भएको बताइएको छ । जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्याएको क्षेत्रीय नेता इभान फेडेरोभले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरेर […]
आज नाग पञ्चमी : कुन समयमा नाग टाँस्न राम्रो ?

श्रावण शुक्ल पञ्चमी अर्थात आज नाग पञ्चमीमा नाग वा सर्पको पूजा गरिन्छ । आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ । नागको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन […]
पोखराको सोपान ग्लोबल एजुकेशनमा जापान नेपाल फेलोसिप सेमिनार

पोखरा साउन १२/ काठमाडौं लगायत विभिन्न जिल्लामा शाखाहरु रहेको पोखरा चिप्लेढुंगास्थित सोपान ग्लोबल एजुकेशनमा सोमबार जापान नेपाल फेलोसिप कार्यक्रम गरिएको छ ।सोपानमा जापानीज भाषाको अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि कमाउँदै सिक्दैको अवसर जुराउन पोखरामा पहिलो पटक नयाँ योजना सोपानमा सुरु गरिएको आयोजित सेमिनारमा जानकारी दिईयो । कार्यक्रममा सोपान ग्लोबल एजुकेशनका प्रमुख, सेमिनारका संयोजक सूर्यमोहन आचार्यले जापानमा […]
नेपाल प्रहरीद्वारा अधिक भारवाहन गर्ने ट्रकमाथि कडाइ गर्ने निर्देशन

नेपाल प्रहरी प्रधान कार्यालयले मालवाहक सवारी साधनमा अधिकतम भारभन्दा बढी सामान बोकेर सञ्चालनमा आएका ट्रक तथा अन्य सवारीमाथि कडाइ गर्न काठमाडौँ उपत्यका र प्रदेश प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले आइतबार जारी गरेको परिपत्रमा ‘मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)’ पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ। […]
लियो जिल्ला परिषद ३२५ जे, नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

लियो जिल्ला परिषद् ३२५ जे, नेपालद्वारा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम गोरखा अस्पतालमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। “सद्भाव सहित सहकार्य” भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रमले गोरखा अस्पतालमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र सुलभ बनाउने लक्ष्य राखेको छ । जिल्ला अध्यक्ष लियो बालकृष्ण परियार ले कार्यक्रमको अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि […]
खगराज अधिकारीको अध्यक्षतामा लालुपाते टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन

पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित लालुपाते टोल विकास संस्थाको १८औं साधारण सभा तथा नवौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले खगराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पोखरा ६, लेकसाइड, लालुपाते मार्ग स्ट्रिट नम्बर १७ मा अवस्थित रोज मेरी किचन एण्ड होम्सको सभाहलमा सम्पन्न भएको कार्यक्रम दिउँसो २ बजेदेखि साँझ […]
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले बताए । ढुङ्गा-माटोले बनेको टिनको छानो भएको एक तले घरमा […]