हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्तहरू अनिवार्य रूपमा समावेश हुनुपर्ने बताएका छन्। उनका अनुसार इरानले आफ्नो आणविक सामग्री पूर्ण रूपमा हटाउनुपर्ने, युरेनियम प्रशोधन प्रक्रिया रोक्नुपर्ने तथा प्रक्षेपास्त्र कार्यक्रममाथि कडा प्रतिबन्ध लगाइनुपर्ने आवश्यक छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेटपछि आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेतन्याहूले सम्भावित […]

सुदूरपश्चिमका सात जिल्ला कारागार सुरक्षार्थ सेना परिचालन

महेन्द्रनगर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ । तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ । सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका […]

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ […]

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ नेपाली सेनाले सिन्धुलीका विभिन्न क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरेको छ। भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न मोटरसाइकल गस्तीलाई प्राथमिकता दिइएको हो । यस प्रकारको मोबाइल पेट्रोलिङबाट सुरक्षाकर्मीहरू गाउँ–बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडकखण्डमा नियमित उपस्थित भएर […]

सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ

। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले […]

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत–फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उद्‌घाटन गर्ने जनाइएको छ । राष्ट्रपति इमानुएल म्याक्रोन फेब्रुअरी १७–१९ सम्म भारतको आधिकारिक भ्रमणमा रहने तथा प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतले आयोजना गरेको “एआई इम्प्याक्ट“ शिखर सम्मेलनमा भाग लिनेसमेत जनाइएको छ । फेब्रुअरी–१७ दिउँसो […]

भ्रष्टाचारमा मुछिएका युक्रेनी पूर्व ऊर्जामन्त्री देश छाडेर भाग्नै लाग्दा पक्राउ

काठमाडौं- काठमाडौं युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्को पक्राउ परेका छन्। उनी आइतबार देश छाड्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। गलुशेन्कोलाई गत वर्ष भ्रष्टाचार प्रकरणमा मुछिएपछि पदबाट हटाइएको थियो। त्यतिबेला उनीमाथि करिब १ अर्ब डलर भ्रष्टचार भएको योजनासँग सम्बन्धित रहेको आरोप लागेको थियो। त्यतिबेला युक्रेनको ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही अधिकारीहरूले राष्ट्रिय […]

अब बलियो सरकार बन्ने आशा जागेको छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै […]

६ महिनामा ४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब बराबरकाे कर छुट

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२/८३० को ६ महिनामा करिब ५३ अर्ब रुपैयाँकाे बराबरकाे भन्सार महशुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयले ४ खर्ब ८ अर्बका मालवस्तुको पैठारीमा ५२ अर्ब ८४ करोड ९६ लाख महशुल छुट दिएको जनाएकाे हाे । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा ३ प्रयोग […]

निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आयोगका सचिव कृष्णबहादुर राउतले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जानकारी दिनुभएको हो । आयोगले निर्वाचनको तयारीलाई […]