जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था

सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न ले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई पत्राचार गर्दै लालपूर्जा र नागरिकतागायत जग्गाधनीसँग रहेका कागजातका […]
न्यूनतम तलब नपाएपछि मणिपालका नर्सहरू आन्दोलनमा

पोखरा महानगरपालिका–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू अस्पतालले सहमति पालना नगरेपछि पुनः आन्दोलित भएका छन्। श्रम शोषण भएको भन्दै एक साताअघि नर्सहरूले आन्दोलन गरेकापछि अस्पताल प्रशासनले तलब वृद्धिलगायत विषयमा सहमति गरेको थियो। १९ असोजबाट आन्दोलित नर्सहरूलाई अस्पताल प्रशासनले एक साताभित्र माग पूरा गरिदिने भन्दै सहमति गरेको थियो। तर, निर्धारित समय शुक्रबार सकिएको र मागका […]
माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु, ६ जना घाइते

बाराको सिम्रौनगढमा माटोको ढिस्को खस्दा पुरिएर दुई जनाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित इशरा पोखरीको डिलमा घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर अन्य ६ जना घाइते भएका छन् । सिम्रौनगढ– ६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र सिम्रौनगढ नगरपलीका ५ सानो इटवाल बस्ने १५ वर्षीय निरहुवा भनिने […]
कांग्रेसका युवाहरूले भने- जेन-जी पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गराैं

नेपाली कांग्रेसका युवाहरूले जेन-जी पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन्। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने, ‘पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ, पार्टीको हरेक […]
पशुपतिमा आगो लगाउन खोज्ने विरुद्ध बाब्लु गुप्ताको प्रमाण सहित जाहेरी

काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा आगो लगाउने प्रयास भएको आरोपमा एक व्यक्तिविरुद्ध बाब्लु गुप्ताले प्रमाणसहित प्रहरीमा जाहेरी दिएका छन्। घटनास्थल नजिकै रहँदै आएका गुप्ताले उक्त शंकास्पद गतिविधिको भिडियो तथा फोटो प्रमाण प्रहरीलाई बुझाएका छन्। उनले भने, “पशुपति जस्तो धार्मिक र सांस्कृतिक दृष्टिले अतिमहत्त्वपूर्ण क्षेत्रमा यस्ता गतिविधि सह्य हुँदैन। मैले देखेको कुराको प्रमाणसहित कारबाहीको माग गर्दै जाहेरी […]
ट्रम्पले फेरि सुरू गरे चीनसँग व्यापार युद्ध, भन्सार बढाएर १३० प्रतिशत पुर्याउने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पल चीनमाथि यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गरेका हुन्। योसँगै चीनबाट अमेरिका आयात हुने सामानमा अब १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले बढाइएको भन्सार नोभेम्बर १ देखि […]
नेपालका ६ महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने

नेपालका ६ महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा १६ देखि २८ अक्टोबरसम्म हुने एमसिए महिला इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्न लागेको जानकारी दिएको छ । सीता रानामगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले मलेसियन घरेलु क्रिकेट प्रतियोगिता खेल्ने […]
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत […]
निर्वाचनको तयारीमा एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने निर्णय गरेको हो। संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग […]
नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायबाट विशिष्ट श्रेणीमा

नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायबाट विशिष्ट श्रेणीमा पुगेर डम्बरबहादुर विकले इतिहास बनाएका छन् । उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको विकसहित चारजनालाई शुक्रबार दज्र्यानी चिह्न लगाएर नयाँ जिम्मेवारीमा खटाइएको छ । ०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई ०५८ मा नेपाल प्रहरीमा स्थानान्तरण भएका डम्बर विक डिआइजीमा दोस्रो तथा […]