हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैनः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् । ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ […]

बार र बेन्चलाई व्यवस्थित बनाउन पहल गर्छु : प्रस्तावित न्यायाधीश पौडेल

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा पद्धतिमा आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिए । इजलासको बहस समय व्यवस्थापन आफ्नो प्राथमिकतामा रहने बताए । बार र बेन्चलाई […]

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भई रहेको छ । आज दिउँसो देशभर […]

पार्टी अध्यक्षमाथिको मुद्दाबारे मेटमणि चौधरी भन्छन्– राजीनामा हैन डटेर मुकाबिला गर्ने हो

नेकपा एसका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा चलाएको भन्दै यसविरुद्ध डटेर मुकाबिला गर्नुपर्ने बताएका छन्। नेकपा एसनिकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले अख्तियार आफैँले तामेलीमा राखिसकेको पतञ्जलीको विषयलाई प्रतिशोधकै कारण ब्युँत्याउने काम भएको उनको टिप्पणी छ। उनले विपक्षीहरूले पार्टी अध्यक्षमाथि प्रहार […]

असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । […]

आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ […]

नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचार – जबज : एमाले महासचिव पोख्रेल

पोखरा। नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार भएको बताउनुभएको छ। महासचिव पोख्रेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जनताको बहुदलीय जनवादले समग्र नेपाली राजनीतिक दलहरूलाई मार्गनिर्देशन दिएको बताउँदै यसको ऐतिहासिकता, आवश्यकता, औचित्य र सान्दर्भिकता झन् […]

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जना पुरस्कृत

पोखरा महानगरपालिका नगर युवा परिषदले अनलाइनखबरकर्मी अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेक्रमा त्रियाशील ५० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पक्रकारिता गरिरहेका सुवेदीलाई युवा शसत्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका […]

झापामा डेंगु सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । एरिकाले सिनियर महिला कुमिते ६८ केजीमा थाइल्यान्डकी चनकन खियोखामलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । थाइल्यान्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि पदक जितेका छन् । यू १२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते । सिनियर पुरुष कुमिते ७५ केजीमा राजीव […]

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ ।महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको […]