घोराही–तुलसीपुर सडकखण्डमा मोटरसाइकल पल्टिएको स्थान नजिक २ जना मृत फेला, दुवैको पहिचान खुल्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङको घोराही उपमहानगरपालिका–१६ सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगई बस्ने ३९ वर्षीय कमल ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा लु प्र ०२००१ प ११०२ नम्बरको मोटरसाइकल पल्टिएको स्थान नजिकै दुई व्यक्ति पनि लडिरहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

उनीहरुलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइँदा चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।