संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनक : सांसद विसी
काठमाडाैं । नेकपा एमालेकी सांसद सुमित्रा विसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा ढिलाई हुँदा मुलुकको विकास प्रक्रियामा असर परेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०१३, २०२० र २०२९ सालमा बनेका कानूनका आधारमा मुलुक सञ्चालन अत्यन्त चिन्ताजनक विषय भएको बताउनुभयाे । आवश्यक कानून समयमा नबन्दा […]
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताउनु भएको छ । सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरु प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उहाँको भनाई थियो । सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान […]
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत […]
अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमण, ३ सशस्त्र प्रहरी घाइते
काठमाडौं । वीरगञ्जमा अवैध रुपमा सञ्चालन गरिएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपमा भण्डारण गरिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा […]
निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधन सहयोग
काठमडौं । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पुर्याउन भारत सरकारले नेपाललाई ठूलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ । यो सहयोग नेपाल सरकारको आग्रहमा आधारित रहेकाे छ । निर्वाचन प्रक्रियालाई सुगम बनाउनका लागि महत्वपूर्ण मानिएको छ । भारत सरकारले करिव ६५० वटा सवारी साधनहरू (मुख्य रूपमा डबल […]
राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनोस्
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद डा. वेदुराम भुसालले भुसालले राष्ट्रिय सभाले अहिलेसम्म स्थापित गरेका असल परम्परा र मानकलाई निरन्तरता दिँदै थप नयाँ मानक विकास गर्न सभालाई सुभाव दिनुभएको छ । सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँजस्तो नभई छुट्टै पहिचानसहित प्रभुत्वशाली सभाका रूपमा स्थापित […]
लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन
एजेन्सी– लिबियाबाट १४० जना अवैध आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन गर्ने घोषणा गरिएको लिबियमाका अधिकारीहरूले बताएका छन् । निर्वासित व्यक्तिहरूमा सुरक्षा प्रतिबन्धहरू आकर्षित हुने व्यक्तिहरूका साथै सङ्क्रामक रोगहरू भएको पुष्टि भएकाहरू समेत समावेश रहेको लिबियाको एन्टी–अवैध अध्यागमन एजेन्सीले रिपोर्ट गरेको छ । एजेन्सीले सम्बन्धित अधिकारीहरूसँग समन्वय गरेर सबै कानुनी प्रक्रियाहरू र स्वीकृत मेडिकल परीक्षाहरू पूरा […]
वीरगञ्जमा छापा मार्न गएको एपीएफको टोली र व्यापारीबीच झडप, ३ जना प्रहरी घाइते
वीरगञ्ज- वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ । राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव […]
क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग
काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । सोमबार यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाउँदै महासंघले केही ढुवानी सञ्चालन गर्ने सवारीसाधनले भारवहन क्षमता अत्यधिक कायम गरी सञ्चालन गर्दै आएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेको हो । मालबहाक सवारी साधन सिनो कम्पनीको ट्रकलाई […]
सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादमार्फत विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले नयाँको नाममा सामाजिक सञ्जालमा स्टन्ट गरेर केही नहुने स्पष्ट पारे। “सोसियल मिडियामा फन्डा गरे पनि उनीहरूसँग […]