
।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद डा. वेदुराम भुसालले भुसालले राष्ट्रिय सभाले अहिलेसम्म स्थापित गरेका असल परम्परा र मानकलाई निरन्तरता दिँदै थप नयाँ मानक विकास गर्न सभालाई सुभाव दिनुभएको छ ।
सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँजस्तो नभई छुट्टै पहिचानसहित प्रभुत्वशाली सभाका रूपमा स्थापित हुनुपर्नेमा उहाँको जोड छ ।
सभाले संवैधानिक भुमिका र जिम्मेवारीअनुसार स्वतन्त्र तथा प्रभावकारी रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सभाले अहिलेसम्म प्राप्त गरेका असल परम्परा र मानकहरुलाई अगामी दिनमा पनि कायमै राखोस् र अरु थप असल परम्परा र मानकहरु स्थापित गर्दै जाओस् । यो सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनि छुट्टै पहिचानसहितको प्रभुत्व सभाको रुपमा काम गर्ने सभा बनिरहोस् भन्ने सुझाव दिन चाहन्छु ।’
उहाँले सभामा कार्यकाल अवधीभर आफूले मुलुक र जनताका समस्याहरु जोडदार साथ उठाउन सफल भएको दबाी पनि गर्नुभयो ।