पोखराका मेयर आचार्यको आग्रह: सडकमा अलपत्र जलेका गाडी हटाउन महानगरलाई खबर गर्नुहोस्!

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडक किनारमा आन्दोलनका क्रममा आगजनी भई अलपत्र परेका सवारी साधन तथा अन्य सामग्री हटाउन सहयोगका लागि सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। यस्ता अलपत्र वस्तुहरूले विदेशी पर्यटकहरूमा समेत नकारात्मक प्रभाव परिरहेको भन्दै मेयर आचार्यले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गर्नुभएको हो। मेयर आचार्यले जारी गर्नुभएको सूचनामा भनिएको छ, “आन्दोलनका क्रममा आगजनीमा परेका सवारी […]
भीमसेनस्थान नजिक भीषण आगलागी, क्षतिको पूर्ण विवरण आउन बाँकी

काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ। नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिए। उनले भने, ‘बिहान करिब ४ आगलागी भएको थियो। दमकल, […]
एसिया कपको उपाधि भारतले जित्यो : पाकिस्तान पाँच विकेटले पराजित

एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकालको हो । टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो । आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर […]
आज घर घरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]
जेन जी वार्ता टोलीले भन्यो- ‘यो संविधान मान्दैनौँ, अन्तरिम संविधान चाहिन्छ’

राष्ट्रपतिसँग वार्ता गर्नका लागि गठन भएको जेनजी वार्ता समितिले अन्तरिम संविधान निर्माण गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जेनजी वार्ता टोलीका सदस्यहरुले सो माग अघि सारेका हुन् । वार्ता टोलीका एक सदस्य प्रवेश दाहालले राष्ट्रपतिसँग छलफल गरेर आन्दोलनको सेफ ल्यान्डिङ गर्न चाहेको बताए । यो संविधान आफूहरूले नमान्ने उनको […]
सहुलियत कर्जा पुन: सुरु, नयाँ कार्यविधिदेखि बक्यौता ब्याज भुक्तानीसम्म

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम पुन: सुरु गरेको छ । सरकारले उक्त कार्यक्रम पुन: सुरु गर्न सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि सहित बक्यौता करिब १० अर्ब रुपैयाँ बराबर ब्याज भुक्तानी दिएको हो । जेनजी आन्दोलनका कारण झनै सरकारी तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएपछि सरकार सहुलियतपूर्ण कर्जा पुन: सुरु गर्ने दबाबमा थियो । सोही अनुसार सरकारले […]
कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन्। महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन्। अध्यक्ष ढकालले भने, “कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो […]
हर्क साम्पाङले दिए दल दर्ताको लागि निवेदन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि असोज ७ गते आयोगमा निवेदन पेस गरेका हुन् । आयोगका एक उच्च अधिकारीका अनुसार साम्पाङ स्वयं पार्टी अध्यक्ष रहने गरी निवेदन दर्ता गरिएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार माटोको […]
जेनजी आन्दोलन: हालसम्म २३ अर्ब ३९ करोड भयो बीमा दाबी

गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ। हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा […]
सुर्खेतमा सवारी दुर्घटना : १७ जना घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, ठुलो ब्युरेनिस्थित रत्न राजमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा १७ जना घाइते भएका छन्। नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ ख ११२९ नम्बरको इलेक्ट्रिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक ३८ वर्षीय हरी मल्ल (सुर्खेत, बराहताल–४) को कम्मरमा चोट लागेको छ भने अन्य १६ जनाको अवस्था सामान्य […]