विदेशीलाई नागरिकता दिने विषय राष्ट्रघाती : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशीलाई नागरिकता दिने विषय घोषणापत्रमा उल्लेख गर्ने दलहरूले तत्काल माफी माग्नुपर्ने बताएका छन्। शनिबार सिम्रौनगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले २१ फागुनको निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरिएका घोषणापत्रमा विदेशीलाई नागरिकता दिने प्रावधान राखिएको आरोप लगाए। उनले यस्तो प्रावधान राष्ट्रघाती कदम भएको दाबी गर्दै कडा विरोध […]

अफगानसँगको सीमा संघर्षमा ‘संवाद हुँदैन’ : पाकिस्तान

पाकिस्तान र अफगानिस्तानबिच सीमा नजिक लगातार तेस्रो दिन झडप भएको छ, जसलाई पाकिस्तानले खुल्ला युद्ध भनेको छ । अन्तर्राष्ट्रिय समुदायले मध्यस्थताको लागि दबाब बढाइरहेको छ । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कल्लासले शनिबार दुबै देशलाई तनाव घटाएर वार्ता सुरु गर्न आह्वान गरेका थिए । इरान, जोर्डन, संयुक्त अरब इमिरेट्स, रूस र संयुक्त राष्ट्रसंघका महासचिव […]

फागुन २१ को चुनाव जनमत सङ्ग्रहजस्तै हो: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका छन् । शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका हुन् […]

इजरायलमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मध्यपूर्वको अवस्थालाई सूक्ष्म रूपमा नियालिरहेको जनाउँदै सुरक्षित रहन शनिबार एक एडभाइजरीमार्फत अपिल गरेको हो । अपिलमा इजरायली सुरक्षा निकाय र ‘होम फ्रन्ट कमान्ड’ले जारी गरेका सुरक्षा निर्देशनहरूको […]

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

काठमाडाैं । काठमाडौँ जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये […]

आजकाे माैसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा […]

उम्मेदवारले डलरमा गरेको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना गरिने

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि नजिकबाट ट्रयाक गरिरहेको बताएको छ । आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताउनुभएको हो । यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी […]

प्रतिनिधिसभा निर्वाचन: मतदानको दिन देशैभरी मौसम सफा रहने

काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभरी मौसम सफा रहने बताएको छ । आयाेगले जल तथा मौसम विज्ञान विभागले जानकारी गराए अनुसार साेही दिन देशैभरी मौसम सफा रहने जनाएकाे हाे । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोकाबीच आयोगले विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रबार आयोगमा आयोजित पत्रकार […]

कांग्रेस नेतृत्वको सरकार बनेपछि कसैलाई निराश हुन दिइँदैन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कुनै पनि नागरिकलाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति थापाले सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन कांग्रेसको मूल प्रतिबद्धता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामी आज कसम खान्छौँ- हाम्रो नेतृत्वमा सरकार चलेको दिनदेखि कुनै […]

चितवनवासीलाई बालेनले सोधे– छतमा निलो जस्ता राखेर कसलाई जिस्काएको ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह शुक्रबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् । आगामी २१ फागुनको निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार रहेका बालेनले विभिन्न जिल्ला पुगेर सम्बोधन गरिरहेका छन् । उनी कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा पुगेर त्यहाँको स्थानीय समस्या र चुनौतीबारे सम्बोधन गरेका थिए । आफ्ना प्राय: सम्बोधनहरूमा उनी अनौपचारिक […]