कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनको कार्यतालिका मुख्य एजेन्डा

लामो रस्साकस्सी र पटक–पटकको स्थगनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो २ बजे बस्ने उक्त बैठकले पार्टीको आगामी १५औँ महाधिवेशनको टुंगो लगाउने अपेक्षा गरिएको छ। यसअघि आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा सोमबारका लागि सारिएको थियो। गत असोज २८ गतेदेखि […]

गीता जयन्ती पर्व मनाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ। वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो। पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर […]

एमाले महाधिवेशनको लोगो सार्वजनिक

एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशन प्रचार समितिले आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी ओलीले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार, पार्टीको निर्वाचन चिह्न र पार्टीको झन्डालाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । प्रचार समितिकी संयोजक पद्मा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक […]

देशभर थपिए १६८ मतदानस्थल

-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले निर्वाचन आयोगले देशभरका मतदानस्थलहरू पुनरावलोकन गरेको छ। पुनरावलोकनपछि मतदानस्थलको संख्या उल्लेखनीय रूपमा परिवर्तन भएको आयोगले जनाएको छ। आयोगको आइतबार बसेको बैठकले १६८ नयाँ मतदानस्थल थप्ने र उपयोगमा नरहेका, अपायक, जीर्ण वा सञ्चालनयोग्य अवस्थामा नभएका ९३ मतदानस्थल हटाउने निर्णय गरेको […]

एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्दै

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्ने लक्ष्यसहित आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दैछ। फाइनल खेल बिहान १०ः३० बजे अजमानको करवान मैदानमा सुरु हुनेछ। नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो भने यूएईले ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र यूएई दुवै […]

ट्रम्पको चेतावनी : भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ ठान्नुस्!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबर भेनेजुएलाको तथा यस वरिपरि हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ ठान्नुपर्ने कडा चेतावनी दिएका छन्। यो चेतावनी वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँगको लामो राजनीतिक तथा कूटनीतिक द्वन्द्वको ताजा रूप हो। ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै एयरलाइन्स, पाइलटहरू, लागुऔषध व्यापारीहरू तथा मानव बेचबिखनकर्ताहरूका लागि, कृपया भेनेजुएलाको आकाश र वरपरको आकाशलाई यसको […]

रास्वपा र विवेकशील साझा पार्टीबीच आज एकता हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुँदैछ। आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकता गर्न लागेका हुन्। वैकल्पिक तथगा विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ तुल्याउन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुवै पार्टी सहमत भई एकीकरणलाई निष्कर्षमा पुर्‍याइएको यी […]

एनपीएलमा आज कर्णाली र काठमाडाैं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजकर्णाली याक्स र काठमाडाैं गोर्खाज आमने-सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने छ […]

फेरि स्थगित भयो कांग्रेस बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। १४ मंसिरमा बोलाइएको बैठक अब १५ मंसिर सोमबार दिउँसो २ बजे बस्नेछ। बैठक पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा हुनेछ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश समितिका सभापतिलाई उपस्थित रहन भनिएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

भूमि अध्यादेश : अब हाउजिङ कम्पनीले हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न सक्ने

सरकारको नयाँ भूमि अध्यादेश जारीसँगै अपार्टमेन्ट तथा हाउजिङ व्यवसायीलाई दीर्घकालीन माग अनुसार हदबन्दीभन्दा बढी जग्गा विकास तथा बिक्री गर्ने कानुनी बाटो खुलेको छ। पहिले संशोधित भूमिसम्बन्धी विधेयकमा रहेका प्रावधानहरूमध्ये विवादित मानिएको ‘जग्गा तथा आवास व्यवसायीलाई हदबन्दी छुट’ सम्बन्धी प्रावधान मात्रै समायोजन गरी अध्यादेश स्वीकृत गरिएको हो। २०७६ सालको भूमि ऐन आठौँ संशोधनले हाउजिङ कम्पनीलाई हदबन्दीभन्दा […]