‘त्रिशूली थ्री बी’मा उद्धार रोकियो, सेनाले गर्यो रेकी मात्रै
रसुवामा बाढीपहिरोका कारण प्रभावित ‘त्रिशूली थ्री बी’ आयोजनास्थलमा नेपाली सेनाले आजका लागि उद्धार तथा उत्खननको काम स्थगित गरेको छ। घटनास्थलमा जीवित भेटिने सम्भावना कम रहेको र सेनाको प्राथमिकता जीवित व्यक्तिको उद्धारमा रहने भएकाले आज उद्धारको काम अघि नबढाइएको हो। नेपाली सेनाको टोलीले आज हेलिकप्टरमार्फत घटनास्थल पुगेर रेकी (स्थलगत निरीक्षण) मात्रै गरेको छ। रेकीका क्रममा घटनास्थलमा […]
रसुवा र धादिङका ६ स्वास्थ्य संस्था क्षतिग्रस्त, ९ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन

हालैको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा र धादिङका विभिन्न ६ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । जसअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे स्वास्थ्य चौकी, गोसाइँकुण्ड–५ स्थित स्याफ्रुबेँसी स्वास्थ्य चौकी, उत्तरगया गाउँपालिका–२ स्थित गैलुङ सामुदायिक स्वास्थ्य एकाइ र गोसाइँकुण्ड–२ स्थित रसुवागढी हेल्थ डेस्क पूर्ण रूपमा क्षति भएका छन् । यसैगरी धादिङको बेनीघाटस्थित चरौँदी प्राथमिक […]
बाढी प्रभावित क्षेत्रमा भारतीय प्राविधिक टोलीद्वारा सुरुङको स्थलगत निरीक्षण
भारतबाट आएको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ । सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन स्थलगत निरीक्षणबाट प्राप्त सुझावले सहयोग पुग्ने अपेक्षा गरिएको छ विशेष प्राविधिक टोली भारतबाट शनिबार विमानमार्फत नेपाल आएको थियो। टोलीमा ११ सदस्यीय मेडिकल तथा टनेल रेस्क्यु टोलीका साथै अन्य राहत […]
रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
रसुवा बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ। नेपाल पर्यटन वोर्डका अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो। वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको छ। यस्तै, देशको नाम नखुलेका तीन […]
नेपालको बाढी र जनधनको क्षतिप्रति भारतीय नेताहरूद्वारा दुःख व्यक्त

नेपालमा आज आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति छिमेकी मुलुक भारतका प्रमुख नेताहरूले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी र भाजपाका अध्यक्ष नितिन नविनले संकटको यस घडीमा भारत नेपालको साथमा रहेको बताएका छन् काठमाडौँ । नेपालमा आज आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति […]
पृथ्वी राजमार्ग र मुग्लिन नारायणघाट सडक खण्डमा सवारी आवागमन बन्द
पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। बुधबार रातिको समयमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे छ ।रातिकाे समयमा जाेखिमकाे अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएकाे प्रहरीले बताएकाे छ।प्रहरीले अत्यावश्य कामबाहेक यात्रा नर्गन र सुरक्षित […]
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, […]
कांग्रेसकाे इतर समूहद्वारा आन्तरिक एकता र सङ्गठन सुदृढीकरणमा जोड
नेपाली कांग्रेस इतर समूहको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ले गत साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनका परिमार्जित प्रस्तावहरू सार्वजनिक गर्दै पार्टीको आगामी कार्यदिशा स्पष्ट पारेको छ। समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा सम्पन्न उक्त भेलाले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सङ्कल्प गरेको छ। प्रेस वक्तव्यमा विगतको […]
विनाशकारी बाढीपछि सात पश्चिमी राष्ट्रको संयुक्त वक्तव्य, ‘नेपाली जनताको दुःखमा साथमा छौँ’

नेपालस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। कठिन परिस्थितिमा नेपाली जनतासँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको नियोगहरूले जनाएका […]
विनाशकारी बाढी : ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँका विभिन्न अस्पतालमा २५ जना, रसुवा अस्पतालमा ३७ जना, त्रिशूली अस्पतालमा १६ जना र नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ११ जनाको उपचार भइरहेको छ । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिनेश रुपाखेतीले रसुवा अस्पतालमा […]