जनमत पार्टी विभाजित : जनस्वराज पार्टीलाई आयोगको मान्यता

डा. सिके राउत नेतृत्वमा जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठित जनस्वराज पार्टीलाई मंगलबार निर्वाचन आयोगले मान्यता दिएको छ । आयोगले जनमत पार्टीको विभाजनलाई मान्यता दिएको हो । आयोगको बैठकले मंगलबार दललाई मान्यता दिएको छ भने दल दर्ताको बाँकी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । आयोगले जनस्वराज पार्टीलाई पठाएको पत्रमा अन्य राजनीतिक दलहरूको […]

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन […]

अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो । अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट […]

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

राजस्थानको जैसलमेरमा हिजो बेलुका  चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार ५७ मध्ये केहीले बसबाट हाम फालेर ज्यान जोगाए भने १९ जना गम्भीर रूपमा जलेका छन्। राजस्थानको जैसलमेर जिल्लामा मंगलबार दिउँसो चलिरहेको एसी बसमा आगलागी हुँदा भयावह दुर्घटना भएको छ। यस घटनामा अहिलेसम्म २० भन्दा […]

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यी हुन् छलफलका विषय

नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू हुनेछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ। सचिवालयको ५८ […]

विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी-२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल सोमबार राति ८ः४५ बजे सुरु हुनेछ। सुपर सिक्समा यूएई र […]

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा रु १५ खर्ब १२ अर्ब ९८ […]

बझाङमा भूकम्पको धक्का : केही घरमा क्षति

बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ बजेर ८ मिनेटमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीयले […]

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्यांक अनुसार पछिल्लो एक सातामा ५ सय १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने गत २४ घण्टामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ५ सय ३५ जना संक्रमित भएका […]

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बस्ने गरी १० दलको बैठक बोलाएका हुन् । सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता […]