मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन विज्ञको जोड

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मजबुत बनाउन जरुरी रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै विज्ञ उप्रेतीले विपद् आउनुभन्दा २४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समुदायमा पुगेको खण्डमा ३० देखि ४० प्रतिशत हानी नोक्शानी घटाउने बताउनुभयो । […]
नारायणगढ–मुग्लिन सडक : ढुंगा पन्छाउने काम जारी, दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक

नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सूचना निकालको थियो । तर, ढुंगा हटाउने काम नसकिएकोले समय थप गरेर दिउँसो ३ बजे पुर्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ […]
धरौटीमा छुटेका निलम्बित मेयर थापाको अर्को भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी

भ्रष्टाचारको एक मुद्दामा विशेष अदालतबाट ३ लाख धरौटीमा छुटेका बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको अर्को भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थापाविरुद्धको गैरकानुनी रूपमा आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ गते थापाले अवैधानिक तरिकाले ५ […]
दुई बालिका अरुण नदीमा बेपत्ता

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । हतुवागढी–९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बेपत्ता हुनेमा १३ वर्षीया खुशी राई र १२ वर्षीया कृषिका राई छन् । उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन् । खुशी र कृषिका कक्षा ८ […]
पाँच शतक बन्दा पनि पराजित हुने भारत पहिलो टोली

टेस्ट क्रिकेटमा पाँच शतक बन्दा पनि पराजित हुने भारत पहिलो राष्ट्र बनेको छ । लिड्स मैदानमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङ्समा तीन र दोस्रोमा दुई शतक बन्दा पनि भारतले हार टार्न सकेन । भारतले जितका लागि विपक्षीलाई ३७१ रनको दिएको थियो । इंग्ल्यान्डले ८२ ओभरमा पाँच विकेटको क्षतिमा ३७३ रन बनायो । इंग्ल्यान्डको जितमा ओपनर बेन डककेटले १४९ रनको योगदान दिएका […]
लेबनान पुनर्निर्माणका लागि विश्व बैंकद्वारा २५ करोड डलरको सहायता

विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबिचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ। बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर हुने अनुमान गरेको थियो। ‘विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक पूर्वाधार र लाइफलाइन सेवाहरूको सबैभन्दा जरुरी मर्मत […]
सरकारको एक वर्ष सफल र उपलब्धिमुलक : एमाले

नेकपा (एमाले)ले सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धीमूलक भएको निष्कर्ष निकालेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिनुभयो । सत्तारुढ दलहरु कांग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उहाँले जानकारी […]
भन्सार विधेयक छिटो पारित गर्न शनिबार पनि बैठक बस्ने, १३३ वटा दफामा संशोधन प्रस्ताव दर्ता

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘भन्सार विधेयक’ माथिको छलफललाई तिव्रता दिएको छ । बुधबार बसेको समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट पास भई प्रतिनिधिसभाले समेत पारित गरी उक्त विकेयक पठाएको थियो । समयको चापलाई मध्यनजर गर्दै समितिले शनिबार पनि बैठक बसेर दफावार छलफललाई टुङ्ग्याउने कार्ययोजना बनाएको […]
विदेशी सम्बन्धनका कलेजमाथि छानबिन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विदेशी सम्बन्धनका नाममा नेपालमा ‘शैक्षिक माफियातन्त्र’ मौलाएको र त्यसलाई सरकारीस्तरबाटै संरक्षण भइरहेको गम्भीर आरोप लगाएको छ । सङ्घले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विदेशी नामधारी, स्तरहीन र शङ्कास्पद संस्थाहरूलाई नियमन र अनुगमनबिना शैक्षिक बजार सुम्पिएको भन्दै मन्त्रालयको मौनताप्रति कडा आपत्ति जनाएको हो । सङ्घका शैक्षिक सुधारका […]

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको थियो । बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पुगेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी […]